बालरोग विशेषज्ञ डा. अग्रवालको निधन

0
1067

विराटनगर,

मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नोवेल अस्पतालमा भर्ना भएका डा. अग्रवालको मंगलबार राति निधन भएको अस्पतालले जनाएको छ। छ वर्षदेखि कोसी अञ्चल अस्पतालमा कार्यरत ४२ वर्षीय अग्रवाल मुटुमा समस्या देखिएपछि १५ दिनअघि आफैँ गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए।

त्यहाँ एन्जिओप्लास्टी गर्ने क्रममा उनलाई मस्तिष्कघात भएको थियो। डा. अग्रवालको विराटनगरको जहदा रोडमा घर छ। उनका श्रीमती र एक छोरी छन्। उनी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध थिए।

सबैसँग घुलमिल हुने तथा राम्रो व्यवहार गर्ने उनको स्वभाव थियो। अग्रवालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केहीबेर निवासमा राखिने र बुधबार नै स्थानीय सिंघिया खोला (हाटखोला) मा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here