रञ्‍जीत तामाङले भने : राजीनामा दिन्‍न, जिम्मेवारी स्वीकार्छु

0
447

झापा,

राजीनामाको चर्चा चलिरहेका बेला तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेबारी स्वीकार्ने बताएका छन् ।

प्रेस संगठन नेपाल झापाले बुधवार विहान बिर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तामाङले आफूमाथि अन्याय गरेपनि एकता अभियानलाई सफल बनाउन पाएको जिम्मेबारीबाट पछि नहट्ने प्रस्टाएका हुन् ।

तत्कालिन एमाले र माओवादीे केन्द्रको एकतापछि विद्यार्थी संगठनको संयोजक नबनाएको भन्दै तामाङले असन्तुष्टि व्यक्त गरेका थिए। ‘संयोजक पद नपाएकोमा आपूmले मात्रै अन्याय भएको महसुस गरेको होइन’, उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सबैले स्विकारेकै कुरा हो, म माथि अन्याय भएकाले मेरो योगदानको कदर गर्दै अन्य जिम्मेवारी दिन भनिसकेको छु ।,”

नेकपा अध्यक्ष प्रचण्डले जिम्मेवारीबाट बिचलित नभई पर्खन भनेकाले यो निर्णय लिएको उनले खुलासा गरे ।  पार्टी एकतापछि नेकपा सचिवालयको बैठकले तत्कालीन अनेरास्ववियूका महासचिव ऐन महरलाई विद्यार्थी संगठनको संयोजक बनाएको छ ।

बैठकले तामाङलाई सह संयोजकको जिम्मेवारी दिनसाथ उनले फेसबुकमा ‘कहिलेकाहीँ समयले पनि मजाक गर्दोरहेछ’ भनेर लेखेका थिए। त्यसपछि उनीलाई लिएर पार्टी भित्र पक्ष विपक्षमा बहस भएको थियो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here