विद्यार्थीलाई लोकतान्त्रीक अभ्यास

0
715

बिर्तामोड ।

झापाको बाह्दशी गाउँपालिका ६ डाँगीबारीस्थित दिपजन अंगे्रजी वोर्डिङ मावीमा अध्ययनरत् विद्यार्थीहरुबीच लोकतान्त्रीक अभ्यास गराइएको छ ।

विद्यालय प्रशासनको मातहतमा अतिरिक्त शैक्षिक कार्यक्रम सञ्चालनका लागी विद्यार्थीहरुबीच लोकतान्त्रीक अभ्यास गराएर सक्षम नेतृत्व चयन गरिएको थियो ।

विद्यार्थीहरुबीच लोकतान्त्रीक अभ्यास गराइएर चुनावी प्रक्रिया मार्फत हेड व्वाई , हेड गर्ल , हाउस क्याप्टेन, भाइस क्याप्टेन, चयन गरिएको विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

बिद्यार्थीले विभिन्न पदमा उम्मेद्वारी दर्ता,े उम्मेद्वारी फिर्ता, ककसमार्फत उम्मेद्वारी दिनुको औचित्यमाथि प्रकाश , उम्मेद्वारहरुले विद्यार्थीहरुसँग भोट माग्ने जस्ता निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रममा सहभागिता जनाएको निर्वाचन अधिकृत तथा बिद्यालयका एकाडेमिक हेड जीवनप्रसाद खरेलले जानकारी दिए । सम्पूर्ण चुनावी प्रक्रिया पूरा गरी निर्वाचन गरिएको उनले बताए ।

उक्त निर्वाचन कार्यक्रममा १८ पदका उम्मेद्वारका लागि ३२ जना बिद्यार्थीले उमेद्वारी दर्ता गराएका थिए । जसमध्ये हेड व्वाई र हेड गर्लका लागी चार जनाको उमेद्वारी परेको थियो ।

विद्यालयमा कक्षा १देखि कक्षा १० सम्म अध्ययनरत् चार सय ८३ जना बिद्यार्थीले मतदानमा भाग लिएकोमा ३ मत बदर भएको थियो ।
े निर्वाचनबाट हेड व्वाईमा कक्षा १० का क्षितिज आचार्य (३११) र हेड गर्लमा कक्षा ८ की खुश्बु संग्रौला (२८१) मत ल्याएर बिजयी भए ।

त्यस्तै न्युटन हाउसको क्याप्टेनमा गौरव धमला र मुना कडेल, भाइस क्याप्टेनमा रोशन राजवंशी र शुभा उप्रेती , शेक्सपियर हाउसको क्याम्टेनमा रोहन बजगाईं र रेसिका उप्रेती भाइस क्याप्टेनमा सुमन दाहाल र सविना श्रेष्ठ , नाइटिङ्गेल हाउसको क्याप्टेनमा अभिशेक तिवारी र करुण धमला, भाइस क्याप्टेनमा रोशन थापा र दिक्षा थापा, आइन्सटाइन हाउसको क्याप्टेनमा अनिश तिवारी र सुस्मिता पण्डीत ,भाइस क्याप्टेनमा करुण धमला र एन्जिला चम्लागाईं निर्वािचत भएको निर्वाचन अधिकृत तथा बिद्यालयका एकाडेमिक हेड जीवनप्रसाद खरेलले जानकारी दिए ।

बिजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले शुभकामना दिएका थिए भने निर्वाचन अधिकृत तथा बिद्यालयका एकाडेमिक हेड जीवनप्रसाद खरेलले बिजयी विद्यार्थीलाई शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र , दर्जा अनुसारको ब्याच प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here