धुलाबारीमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास

0
507

मेचीनगर,

पाचथरमा सामूहिक हत्या भएको २ दिन बित्न नपाउदै झापाको मेचीनगरमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास भएको छ।

बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट झापा मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला  आरती बुढाथोकी र ८ वर्षीया छोरी अर्पना बुढाथोकी घाइते भएका छन् मरणासन्न अवस्थामा रहेकी घाइते आरती र उनकी छोरी अर्पनालाई उपचारका लागि वीएन्डसी टिचिङ हस्पिटलमा विहान भर्ना गरिएको छ ।

अज्ञात व्यक्तिले बुधवार राति घरभित्रै पसेर मार्ने नियतले हिंस्रक आक्रमण गरेको छ ।त्रिफला पुस्तकालय नजिकै रहेको सो घरमा आरती, उनकी छोरी अर्पना र प्यारालाइसिसले ग्रस्त विरामी ६१ वर्षीया सासु रमा बुढाथोकी बस्दै आएका थिए । आरतीका पति काजी भनिने ओमकुमार बुढाथोकी वैदेशिक रोजगारका लागि दुवईमा छन्

एउटा कोठामा छोरीसँग बस्दै आएकी आरतीलाई आक्रमणकारीले धारिलो हतियारले टाउकोमा हिर्काएर मरेको ठानी छाडेर गएका थिए भने उनकी छोरीलाई मारिदिने धम्कीका साथ घाँटी च्यापेका थिए । अर्पणा र रमालाई अर्कै कोठाभित्र राखेर ढोकामा बाहिरबाट चुुकुल लगाएर घटनामा संलग्नहरुले आरतीमाथि आक्रमण गरेको स्थानीयवासीले बताए ।

विहान अर्पणाले झयालबाट कराएर हारगुहार मागेपछि गाउँलेले ढोका खोली दिएका थिए ।बालिकाका अनुसार दुईजना नचिनेका मान्छे घरभित्र प्रवेश गरेका थिए । बालिकाले कहि कतै हल्ला गरे मार्ने धम्की दिदै कोठामा लगेर बाहिरबाट चुकुल लगाइदिएको वयान प्रहरीलाई दिएकि छन्

एकतले र १ भान्साकोठासहित २ वटा कोठा रहेको पककीघरको दक्षिणपटिको कोठामा आरती सुतेकी थिईन् । स्थानीयवासीले आरतीको कोठाको ढोका खोलेर हेर्दा नग्न र वेहोस अवस्थामा रगतमा डुविरहेको देखेपछि इलाका प्रहरी कार्यालय धुलावारीमा खवर गरेका थिए ।स्थानीय गाउँलेहरुले विहान घटना थाहा पाए लगत्तै खबर गर्दा प्रहरी घटनास्थलमा ढिलो आइपुगेको गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरीस् कार्यालय धुलावारीको प्रहरी टोली विहीवार घटनास्थलमा पुगिसकेको छ भने जिल्लाका प्रहरी प्रमुख एसपी दिनेश मैनाली आफै घटनाको प्रारम्भिक अनुसन्धानमा जुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here