वीपी विचार समाजको अध्यक्षमा हर्कलाल

0
564

विर्तामोड।

झापाको विर्तामोडमा आयोजित एक भेलाले वीपी विचार राष्ट्रिय समाज जिल्ला समिति झापा गठन गरेको छ ।

विर्तामोडस्थित सीके चिन्तन प्रतिष्ठानमा आयोजित भेलाले हर्कलाल गिरीको अध्यक्षतामा समिति गठन गरेको हो । बिनोद गौतम सचिव रहेको समितिको सदस्यहरुमा दमकका नवलचन्द्र गुरागाँई, मेचीनगरका हरि संग्रौला, बिर्तामोडका बालादेवी खरेल, युवराज प्रसाई, नरेश धिमाल रहेका छन् ।

नवगठित समितिको पहिलो बैठकले उपाध्यक्षसहितका पदाधिकारी चयन गर्नुका साथै १५ वटै स्थानीय तह, क्षेत्र, क्लष्टर र भूगोल मिलाएर समितिलाई पूर्णता दिने बताइएको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन बिनोद गौतमले गरेका थिए भने स्वागत बुद्धिमाया शिवाकोटीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here