बन्दका कारण बिहानैदेखि झापासहित देशभरको जनजीवन प्रभावित

0
401

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानै देखि जनजीवन प्रभावित भएको छ ।

लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बन्दका कारण जनमानसमा अन्यौलता सिर्जना भएको छ । झापाका कुनै सडकमा सार्वजानिक तथा नीजि सवारी सञ्चालनमा आउृन नसकेको प्रहरीले जनाएको छ । बन्त्दका कारण विद्यालयहरु पनि बिहानैदेखि बन्द रहेका छन् भने कांकरभिट्ट, बिर्तामोड,दमक, भद्रपुर लगायतका शहरहरु बन्द रहेका छन् ।

यसैबीच आईतबार साँझ काठमाण्डौमा विप्लवले गराएको बिस्फोटबाट मानिसहरु थप त्रसित बनिरहेका बेला बन्दले झन त्रास फैलाएको छ । भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेका छन ।

सरकारको प्रतिबन्ध झेलिरहेका विप्लवको घोषणाअनुरुप आइतबार साँझ देशैभर मशाल जुलुस निकालेको थियो । । आइतबार राजधानीको अनामनगर, सुकेधारा र नागढुंगामा भएको विस्फोटमा चारजनाको मृत्यु भएको थियो । उक्त घटनामा सातजना घाइते भए । प्रहरीका अनुसार ज्यान गुमाउने र घाइते हुनेमा विप्लवकै नेता कार्यकर्तासमेत छन् ।

गतसाता भोजपुरको ट्याम्के–मैयुङ गाउँपालिका–२ स्थित धोद्रे जंगलमा विप्लवका एक कार्यकर्ता मारिएका थिए । प्रहरीको कारबाहीमा विप्लवका कार्यकर्ता मारिएको यो पहिलो घटना थियो। पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाउन खोजेपछि जवाफी कारबाहीमा विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका थिए ।

प्रहरीको गोलीले घाइते भएका घिमिरेको उपचारका लागि धरान लाने क्रममा ज्यान गयो । विप्लव भने सरकारको दावी मान्न तयार छैनन्। उक्त घटनालाई उनले सरकारको नाटक भनेका छन् । जेठ ८ मा विप्लवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ’सरकारले भिडन्तको झुठो नाटक रची सामान्य राजनीतिक कार्यक्रममा हिँडिरहेका युवा संगठनका कार्यकर्ताको निर्मम रुपमा हत्या गरेको छ ।

विप्लवको बन्दका क्रममा देशका विभिन्न स्थानमा आगजानी र विस्फोटका घटनाहरु हुन थालेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here