गणित पढाउने शिक्षकलाई तालिम

0
755

बिर्तामोड।

झापाको बिर्तामोडमा गणित विषय पढाउने शिक्षकलाई गणित विषय सम्वन्धी तालिम प्रदान गरिएको छ ।

अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडको आयोजना तथा ओशन पब्लिकेशनको प्राबिधिक सहयोगमा गणित विषय पढाउने शिक्षकलाई तालिम प्रदान गरिएको हो ।

गणितप्रति बिद्यार्थीहरुमा देखिएको त्रासलाई कम गर्न शिक्षणका परम्परागत विधिहरुको प्रयोगलाई हटाई रोचक, नविनतम् विधि एवम् प्रविधिहरुको प्रयोगमा जोड दिएर शिक्षण गराउने उद्देश्यले तालिमको आयोजना गरिएको अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडका प्रवन्ध निर्देशक केशव मैनालीले जानकारी दिए ।

तालिममा झापाका ५० वटा बिद्यालयका ७०भन्दा बढी गणित बिषय पढाउने शिक्षकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई नेपाल पाठ्यक्रम बिकास केन्द्रका गणित बिषय विज्ञ तथा प्रशिक्षक लेखक डिएन यादवले तालिम प्रदान गरेका थिए ।

गणितको गुणस्तरीय सिकाइको लागि ठोस् शिक्षण सामग्रीहरुको प्रयोग बढी प्रभावकारी हुने बताउँदै यादवले गणितीय धारणाहरुलाई दैनिक जीवन र व्यवहारहरुसँग जोडेर शिक्षण सिकाइ प्रक्रियालाई अगाडि बढाउँदा बिद्यार्थीहरुले आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुलाई सजिलै समाधान गर्न सक्ने बताए ।

कार्यक्रममा मेची बहुमुखी क्याम्पस भद्रपुरका प्राध्यापक कुमार सुवेदी र बिषय बिज्ञ बैधनाथ सिंहले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले तनाव सिर्जना गर्ने शिक्षक नभई कक्षा क्रियाकलापहरुलाई चाखलाग्दो र आनन्ददायी बनाउने शिक्षकको कक्षामा बढी सक्रियता देखाउने हुनाले गणित विषय पढाउने शिक्षक स्वयम् बिद्यार्थी मैत्री, सहयोगी र रमाइलो वातावरण सिर्जना गर्ने खालको बन्न पर्नेमा जोड दिइएको थियो ।

ओशन पब्लिकेसनका प्रवन्ध निर्देशक लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफोर्ड एकाडेमिक टे«निङ सेन्टर बिर्तामोडका प्रवन्ध निर्देशक केशव मैनालीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड नगरशिक्षा शाखाका मित्र ओलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here