झापाका दुई स्थानमा शंकास्पद वस्तु फेला

0
495

बिर्तामोड ।

झापाको छुट्टा–छुट्टै स्थानमा शंकास्पद वस्तु फेला परेको छ । दमक र गौरादहमा शंकास्पद वस्तु फेला परेकामे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुवै तर्फ नेपाली सेनाको बम डिस्पोजल टोली गएको बताइएको छ । दमक स्थित रतुवा पुलमा सोमबार दिउँसो शंकाष्पद वस्तु भेटिएको हो ।

पुर्वपश्चिम राजमार्गको रतुवापुलमा प्लाष्टिकले बेरिएको अवस्थामा शंकाष्पद वस्तु भेटिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । पुलबाट करिब ५० मिटर पश्चिम उक्त संकाष्पद वस्तु भेटिएको हो । सो क्षेत्रलाई प्रहरीले अहिले घेरा हालेर राखेको छ । शंकाष्पद वस्तुका कारण पुर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

त्यस्तै गौराहद नगरपालिका स्थित ट्राफिक भवन नजिकै पनि शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी श्रेष्ठले जानकारी दिए । घटना स्थल तर्फ नेपाली सेनाको टोली गएको बताइएको छ ।

उक्त स्थानलाई पनि प्रहरीले घेरा हालेको बताइएको छ । शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ । बम विप्लव माओवादीले राखेको आशंका गरिएको छ । विप्लवले आह्वान गरेको बन्दका कारण सोमबार बिहानैदेखि झापासहित देशभरको जनजनीवन प्रभावित भएको छ ।

उता मोरङको मिक्लाजुङ गाउँपालिका स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा सोमबार बम जस्तो देखिने संकास्पद वस्तु भेटिएको छ । वडा नं ९ बजारबाट करिब २०० मिटरको दुरीमा उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने शंकास्पद बस्तु फेला परेको हो । कालो टेपले बेरिएको सानो वस्तुमा तार जोडिएको छ ।

हाल उक्त स्थानलाई प्रहरीले यिन्त्रमाणमा लिएको छ । नेत्रबिक्रम चन्द बिप्लब समुहको बन्दका दिन उक्त संकास्पद वस्तु भेटीएकाले बिप्लब समहुले नै राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here