स्वरोजगार बन्न महिलालाई ढाका बुनाइ तालिम

0
787

बुधबारे।

पाथीभरा महिला सामुदायिक विकास केन्द्र बुद्धशान्ति– १ र सशक्तिकरण महिला समूह बुद्धशान्ति– ३ को संयुक्त आयोजना र फ्रेन्डसीप नेपालको प्रायोजनमा बुधबारेमा तीन महिने ढाका बुनाइ तालिम सञ्चालन भइरहेको छ ।

विपन्न वर्गका जातजाति, आदिवासी तथा दलित महिलाहरूको सीप विकास गरी जीवनवृत्तिको आधार तय गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको पाथीभरा महिला सामुदायिक विकास केन्द्रकी अध्यक्ष गंगा आचार्यले बताइन् ।

बुद्धशान्ति गाउँपालिका वडा नं. १ र ३ का जनप्रतिनिधिहरूले वर्ग, क्षेत्र र जातिको प्रतिनिधिमूलक छनौट गरी पठाएका २८ जना महिलाहरू दुई समूहमा विभाजित भई उक्त ढाका बुनाइ तालिममा सहभागी रहेको पाथीभरा महिला सामुदायिक विकास केन्द्रकी पूर्व अध्यक्ष तथा बुद्धशान्ति गाउँपालिकाकी कार्यपालिका सदस्य यमुना चापागाईंले बताइन् ।

महिलाहरु नै स्वरोजगार बन्नुपर्छ, महिलाहरूले अब पनि पुरुषको मुख ताकेर परजीवि मात्र बनिरहनु हुँदैन भन्ने सोचका साथ सीपमूलक तालिमको रुपमा ढाका बुनाइ तालिम ल्याएको सशक्तिकरण महिला समूह बुद्धशान्ति– ३ कि अध्यक्ष तथा कार्यपालिका सदस्य भगवती न्यौपानेले बताइन् ।

गत चैत ५ गतेदेखि शुरु गरिएको सो तालिममा काठका आठ वटा फर्माभित्र विभिन्न रङका धागोको तान लगाएर बुनिएका ढाका सारी, कुर्ता र सर्टहरू उत्पादन भइसकेका छन् ।

त्यहाँ तालिम लिने दिदीबहिनीहरुले अत्यन्तै मेहनतका साथ सिकेको हुँदा पर्याप्त साधन स्रोत बिना पनि दुई महिनाभित्रै सफल संकेत देखिएको प्रशिक्षक प्यारीमाया लिम्बूले बताइन् । उनले अब एक महिनाभित्रमा ७५ प्रतिशत प्रशिक्षार्थीले आफू व्यवसायिक बन्न सक्ने नतिजा निकाल्ने बताइन् ।

शुरु–शुरुमा गाह्रो जस्तो लागे पनि सिक्दै जाँदा सजिलो लाग्दै गएकोे र आत्मविश्वास पनि बढेकोले सिप सिकेर व्यवसाय गर्न सकिने तालिमका सहभागीहरु बताउँछन् ।

द्धशान्तिका शैक्षिक, सामाजिक तथा विविध क्षेत्रमा सहयोगी हात बढाउँदै आएको फ्रेन्डसीप नेपालले यसपटक महिलाहरूको सीप विकासका लागि चार लाख रुपैयाँ बराबरको लगानी गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here