३५ हजार घुस रकमसहित झापामा दुई कर्मचारी पक्राउ

0
634

झापा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ ।

केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमको लागि प्रशिक्षार्थीबाट प्रमुख र नासुले रकम माग गरेका थिए । पैसा मागेको सूचनाको आधारमा अख्तियारको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको अख्तियारका प्रहरीले जानकारी दिएका छन् ।

दुवैका बिषयमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here