कचनकवल र झापा गाउँपालिकामा उपभोक्ता अधिकार

0
885

कचनकवल।

उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन निर्देशिका तत्काल कार्यान्वयमा लैजाने कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

उपभोक्ता हित सम्बन्धमा सोमबार बनियानीमा भएको छलफलमा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन निर्देशिका तत्काल कार्यान्वयन गर्दै नियमित बजार अनुगमन, उपभोक्ता सचेतना र कारवाही प्रक्रिया अघि बढाउने जनप्रतिनिधिको प्रतिबद्धता छ ।

त्यस्तै उपभोक्ता अधिकार रक्षाका लागि आगामी नीति र बजेटमै कार्यक्रम समावेश गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष अञ्जार आलमले सीमावर्ती क्षेत्र भएकाले खुल्ला रुपमा भित्रिने उपभोग्य वस्तुका कारण धेरै समस्या रहेकाले त्यसलाई समाधान गर्दै अघि बढ्ने बताए । आलमको अध्यक्षतामा छलफल भएको थियो ।

उपाध्यक्ष निमसरी राजवंशीले नियमित बजार अनुगमन र उपभोक्ता सचेतनालाई विज्ञसँगको समन्वयमा अघि बढाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगर, वडाध्यक्षहरु १ का लक्ष्मीनारायण यादव, २ का मेखबहादुर भट्टराई, ३ का विजयकुमार राजवंशी, ५ का महेशलाल गणेश, कार्यपालिका सदस्य अमृता बोगटी, रीतादेवी परियार, उपभोक्ता मञ्चका रविचन्द्र ओझा, स्वास्थ्य शाखाका जागेश्वरप्रसाद यादव लगायतले उपभोक्ता अधिकार रक्षाका लागि अग्रसर हुने बताए ।

छलफलको संयोजन संवाद समूहले गरेको थियो । त्यस्तै झापा गाउँपालिकामा भएको छलफलमा आगामी गाउँ सभा मार्फत बजार अनुगमन निर्देशिका पारित गरी राजपत्र प्रकाशित गरेर कार्यान्वयन गर्दै उपभोक्ता अधिकार रक्षा गर्ने प्रतिबद्धता जनाइएको छ । गाउँपालिका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बजार अनुगमन निर्देशिकालाई अन्तिम रुप दिई तत्काल काम अघि बढाउने बताए ।

निर्देशिकालाई अन्तिम तयारीका लागि प्रमुख प्रशासकीय अधिकृत कार्की संयोजक तथा गौरव संग्रौला र अधिवक्ता खगेन्द्र खरेल सदस्य रहेको समिति समेत बनाइएको छ । छलफलमा वडाध्यक्षहरु १ का राजकुमार यादव, २ का नेत्र खड्का, ३ का मोतीलाल गणेश, ४ का राजु भारती, ५ का दीनेशप्रसाद राजवंशी, ६ का हरिबहादुर बानियाँ, ७ का नेत्रप्रसाद उप्रेती, कार्यपालिका सदस्य भाद्रुलाल गणेश, टीका विश्वकर्मा, सपना विश्वकर्मा, तारा कर्मकार, वडा नं. ६ का सदस्य कुमार ओली, मोहन पोखरेल लगायतले स्थानीय बजारका विविध समस्याका बारेमा कुरा राखेका थिए । छलफल गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here