जगतबस्ती शान्ति टोलमा सडकबत्ती

0
354

बिर्तामोड।

बिर्तामोड–१स्थित जगतबस्ती शान्ति टोलमा सोमवारसाँझ सडकबत्तीको औपचारिक उद्घाटन भएको छ ।

टोलवासीको सक्रियता तथा बिर्तामोड नगरपालिका वडा नं. १सँगको साझेदारीमा टोलवासीले ७२ वटा सडकबत्ती जडान गरेका थिए । बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं. १का अध्यक्ष अग्निप्रसाद पाण्डेले सडकबत्तीको उद्घाटन गरे । वडाको एक लाख रुपैयाँ र टोलवासीको तर्फबाट एक लाख २६ हजार रुपैयाँ जुटाइ कूल दुई लाख १९ हजार रुपैयाँको लागतमा सडकबत्ती जडान गरिएको हो ।

कार्यक्रममा अनुगमन समिति संयोजक तथा बिर्तामोड–१का सदस्य प्रेमकुमार खरेल लगायतले मन्तव्य राखेका थिए । सडकबत्ती जडान समितिका अध्यक्ष पदमकेशर गिरीको अध्यक्षतामा भएको समारोहमा कोषाध्यक्ष लक्ष्मी गिरी सुवेदीले आम्दानी र खर्चको विवरण प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष भवानी प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रकाशचन्द्र उप्रेतीले गरेको सचिव रमेश श्रेष्ठले जानकारी दिए ।

प्रमुख अतिथि वडाध्यक्ष पाण्डेले बिर्तामोड–१का वासिन्दाको सार्वजनिक आवश्यकताहरु क्रमशः पूरा हुँदै जाने र सबै खुशी हुने दिन आउने बताए । सडकबत्ती जडान समितिका अध्यक्ष गिरीले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here