सुरुङ्गामा सिभिल बैंकको शाखा

0
1079

सुरुङ्गा।

सिभिल बैंक लिमिटेडले सुरुङ्गाबाट आफ्नो कारोबार शुरु गरेको छ । सिभिल बैंकले सुरुङ्गा बजारको झापा रोडस्थित सुब्बामार्केटमा शाखा स्थापना गरेर कारोबार शुरु गरेको हो । उक्त शाखाको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख पोखरेलले कनकाई नगरलाई व्यापारी, व्यवसायीहरुका लागि काम गर्न सहज र सजिलो ठाउँको रुपमा विकास गर्ने बताए ।

पोखरेलले नेपाललाई समृद्धितर्पm लैजान सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गर्नुपर्ने बताए ।

उनले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पूँजीको निर्माण गर्न आग्रह गर्दै कनकाई नगरमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेको बताए ।

२०६७ मा स्थापित ‘क’ वर्गको उक्त बैंक ९ वर्षमा प्रवेश गरेको र हाल उक्त बैंकको चुक्ता पुँजी आठ अर्ब २५ करोड रुपैयाँ रहेको बताइएको छ । हाल सो बैंकको मुलुकमा ७४ शाखा स्थापित भइसकेका छन् भने ७५आंै शाखाका रुपमा सुरुङ्गा शाखाको स्थापना गरिएको सुरुङ्गा शाखा प्रमुख प्रकाश गुरागाईंले बताए । देशका विभिन्न ठाउँमा निकट भविष्यमा थप २६ शाखा स्थापित गर्ने योजना रहेको र झापामा पनि भद्रपुर र दूधे शाखा स्थापना गरी छ वटा शाखा पुर्याइने बताइएको छ ।

बैंकका मुलुकभरमा एटीएम ४७ वटा रहेका छन् भने शाखारहित बैकिङ सेवा पनि सञ्चालनमा छन् । बैंकका एक हजार पाँच सय स्थानबाट रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ । हाल सिभिल बैंकमा कर्जा ४५ अर्ब ५० करोड रहेको छ । बैंकका तीन लाख ग्राहक रहेका छन् भने बचत ४४ अर्ब रुपैयाँ रहेको छ ।

एक सय ४७ जनाबाट शुरु गरिएको बैंकमा हाल सात सय ७० जना प्रबद्र्धक र ७० हजार शेयर सदस्य पुगेका छन् । ‘समृद्धिका लागि सिभिल बैंक’ नारा लिएको सो बंैक नेपाल सरकारको नीति अनुरुप सञ्चालनमा रहेको छ ।

कार्यक्रममा बैंकका क्षेत्र नं. १ प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकीले सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवा प्रदान गरेको बताए ।

कार्यक्रममा उक्त बैंकका माइक्रो बैंकिङका प्रमुख युवराज गुरागाईंले बाँझा खेतहरु हराभरा बनाउन खेतीमा यान्त्रिकीकरण गर्न बैंकले सहयोग गर्ने र आयआर्जनका लागि व्यवसायका योजनासहित आएमा बैंक ऋण लगानी गर्न तयार रहेको बताए ।

कनकाई नगर उपप्रमुख मञ्जु प्रसाई, कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी बिमली, सामाजिक व्यक्तित्वहरु जनार्दन उप्रेती, इन्द्र रोक्का, गजेन्द्र ताम्ली लगायतले बैंकको सफलताको कामना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here