चालकले वियर पिएपछि …

0
595

शिवसताक्षी।

काँकरभिट्टाबाट यात्रु लिएर भैरहवा जाँदै गरेको बसका चालक मापसेमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेको विशेष चेकिङ्गमा ना.५ख. ४९९८ नं.को बसका चालक रामधुनी–९ सुनसरीका विसु चौधरी पक्राउ परेका हुन् । आइतबार राती विर्तामोडबाट १३ यात्रु लिएर चालक चौधरी भैरहवा जाँदै थिए ।

चेकिङ्गका क्रममा चालक पक्राउ परेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक ढुण्डीराज गिरीले बताए । झापा लगायत पूर्वबाट पश्चिम तर्पm जाने लामो दुरीका यात्रुबहाक बस दुर्घटनामा पर्न थालेपछि प्रहरीले राजमार्गमा मापसे चेकिङ्ग तीब्र बनाएको हो ।

पक्राउ परेका चालक चौधरीले विर्तामोडमा आइतबारसाँझ वियर पिएको उनले बताए । तर, उक्त यात्रुबहाक बसका मालिक रामबहादुर खड्काले आफूलाई थाहै नदिई यात्रु लिएर भैरहवा गएको जानकारी दिए ।

पक्राउ परेका चालक र उक्त बसलाई प्रहरीले अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको र मापसे गरेका चालकलाई कानून अनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here