बिर्तामोडमा दोस्रो मिष्टर ग्यालेक्सी प्रतियोगिताको तयारी

0
872

बिर्तामोड।

ग्यालेक्सी फिटनेसको आयोजनामा प्रदेश नं. १ स्तरीय दोस्रो मिष्टर ग्यालेक्सी शारीरिक सुगठन प्रतियोगिताको तयारी गरिएको छ ।

आगामी भदौ २० र २१ गते बिर्तामोडमा प्रतियोगिताको तयारी गरिएको ग्यालेक्सी फिटनेसले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी वजन समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाहरुबाट ७० देखि ८० जना खेलाडीहरुको सहभागिता रहने उनले बताए । प्रतियोगितामा झापाका २३ वटा फिटनेश क्लवहरुबाट ४० जना खेलाडीहरुको सहभागिता हुने उनले बताए ।

प्रतियोगिताको प्रत्येक वजन समूहका दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार पुरस्कार प्राप्त गर्ने र प्रत्येक वजन समूहका विजेतालाई ओभरअल फाइनल राउण्डमा समावेश गराइने आयोजक समितिका कोषाध्यक्ष तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना मगर लाफाले जानकारी दिए ।

उक्त प्रतियोगिताबाट ओभरअल च्याम्पियन बन्ने विजेता खेलाडीलाई नगद एक लाख र विभिन्न उपहारसहित सम्मान गरिने, ओभरअल च्याम्पियनतर्फ दोस्रो हुने खेलाडीलाई नगद ५० हजार, तेस्रो हुने खेलाडीलाई नगद ४० हजार, चौथो हुने खेलाडीलाई नगद ३० हजार र पाँचौं हुने खेलाडीलाई नगद २० हजार प्रदान गरिने उनले बताए । त्यसैगरी वेष्ट पोजरले नगद १० हजार, मोस्ट मस्क्यूलरले नगद १० नगद प्राप्त गर्ने उनले बताए ।

२०७३ फागुन १३ गते स्थापना भएको ग्यालेक्सी फिटनेसले दक्ष खेलाडीहरु उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सफल भएको ग्यालेक्सी फिटनेसका सञ्चालक सन्दिप शेर्माले बताए । ग्यालेक्सी फिटनेसका खेलाडीहरु राम दाहाल, उमेश राई, ललीत धिमाल, सुमन लिम्बू प्रकाशचन्द्र चौधरी, चन्द्र लिम्बूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका खेलहरुमा गोल्डमेडल ओभरअल च्याम्पियन जस्ता पदक हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा झापा जिल्लालाई चिनाउन सफल भएको उनले बताए ।

दोस्रो मिष्टर ग्यालेक्सी प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख ८० हजार अनुमानित खर्च हुने आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए । कार्यक्रममा प्रतियोगिता सफल पार्नका लागि युवा व्यवसायी सरोज दाहालले ४० हजार, रोहित गजमेरले ३० हजार, साँडे सेकुवा कर्नर शनिश्चरेका पदम लिम्बू र विन्दु राई लिम्बूले २० हजार, रेखा बाँस्तोलाले २० हजारकोे चेक हस्तान्तरण गरेका थिए ।कार्यक्रममा अध्यक्ष वनले प्रतियोगिता सफल पार्नका लागि दाताहरुको खोजी भइरहेको जानकारी दिए ।

यसैबीच प्रतियोगिता सफल पार्न आशिष वनको अध्यक्षतामा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षद्वय धनराज मगर, रोहित गजमेर, सचिव केशव श्रेष्ठ, सह–सचिव आशिमज्वेल श्रेष्ठ, कोषाध्यक्ष चन्द्र रानामगर लाफा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रतन लिम्बू, भीम सुब्बा, विन्दु राई, रेखा बाँस्तोला, सुनिल लावती, निशा कोमु, प्रकाशचन्द्र चौधरी, प्रेम राजवंशी, याम तामाङ, रोशन गिरी, विकास गिरी, सुरन्द्र पाण्डे, विमल राई, राजु रायमाझी रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा दीपेन्द्र पोखरेल, विनोद बस्नेत, बलदेव गोम्देन, महेन्द्रकुमार गिरी, तुलसीप्रसाद निरौला, रमेश समदर्शी राई रहेका छन् । त्यस्तै समितिको संरक्षकमा सन्दीप शेर्मा र ललित धिमाल रहेका छन् ।

कार्यक्रममा मूल आयोजक समितिका अध्यक्ष आशिष वनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सदस्य रमेश समदर्शी राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सह–सचिव आशिमज्वेल श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here