जेठ २१ गतेदेखि ‘प्रथम बिर्तामोड गोल्डकप’

0
963

बिर्तामोड। बिर्तामोडमा जेठ २१ गतेदेखि प्रथम बिर्तामोड गोल्डकप हुने भएको छ । २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको आयोजना रेड स्टार फुटबल क्लब बिर्तामोडले गरेको हो ।

विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकपको बारेमा जानकारी गराइएको थियो । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका विजेताले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ र उपबिजेताले ७५ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

एक बर्षअघि दर्ता रहेको सो फुटबल क्लबले नयाँ खेलाडी उत्पादनमा जोड दिँदै आएको छ । ‘बिर्तामोडको सान खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिता सम्पन्न गर्न १९ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका अध्यक्ष राजकुमार विश्वकर्माले जानकारी दिए । रेड स्टार क्लब बिर्तामोडका लागि कान्छो फुटबल क्लब भए पनि तेस्रो पाथीभरा गोल्डकपको उपाधि उचालेको क्लब हो ।

बिर्तामोड नगरपालिकासँग सहकार्य गर्दै रमपमलाई मुख्य प्रायोजनमा राखेर प्रतियोगिता गराउन लागेको क्लबका सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा आठ क्लबले सहभागिता जनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here