झापामा मिष्टर एण्ड मिस टिनको तयारी

0
652

चारपाने। बिर्तामोडमा मिष्टर एण्ड मिस टिन हुने भएको छ । जसका लागि छनौटको तयारी गरिएको बताइन्छ ।

युवामा भएको अन्तरनिहित क्षमता प्रस्फुटन गराएर उनीहरुलाई सक्षम र सबल बनाउने उद्देश्यसहित मिष्टर एण्ड मिस टिनको तयारी गरिएको बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । ग्रीस इभेन्ट प्रालि र टाइमलेस मुमेन्टको सहकार्यमा प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

१८ गते हुने अडिसनमा विभिन्न १९ विधामा सहजीकरण गरिने भएको छ । उनीहरुलाई २७ दिनसम्म प्रशिक्षण दिएर असार १४ गते फाइनल राउण्डमा प्रवेश गराउने आयोजक समितिकी कृतिका शिवाकोटीले बताइन् । कार्यक्रमलाई भव्य र सभ्य बनाउन टाइमलेस मुमेन्टले व्यवस्थापनको जिम्मा लिएको होटलका प्रबन्धक रोचक बस्नेतले बताए ।

प्रतियोगितामा सहभागीका लागि एक हजार पाँच सय रुपैयाँ फारम शुल्क र पाँच हजार रुपैयाँ तालिम शुल्क लाग्ने कार्यक्रम संयोजक अविशेक निरौलाले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न १४ लाख रुपैयाँ लाग्ने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here