भाञ्जी बलात्कार आरोपी मामा छुटाउन दबाब

0
809

झिलझिले। झापाको शिवसताक्षी–११, दूधेका ४१ वर्र्षीय एक मामाले आफ्नै घरमा बसेकी १६ वर्षीया किशोरी भाञ्जीलाई करणी गरेको घटना सार्वजनिक भएको छ ।

गएको बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको भनाइ छ । स्थानीय एक विद्यालयमा अध्ययनरत् ती किशोरीले आइतबार साथीलाई रुँदै घटनाबारे सुनाएपछि घटना बाहिर आएको हो ।

मामाले पटक–पटक यौन दुव्र्यवहार गर्ने गरेको पीडितले साथीलाई बताउँदै आएकी थिइन् । पीडितले आफू बलात्कृत भएको सुनाए पछि उनका साथीले आफ्ना अभिभावकलाई सुनाएका थिए । प्रहरीका अनुसार साथीसँग इलाका प्रहरी कार्यालय झिलझिले आएकी पीडितले घटनाको नालिवेली सुनाएपछि प्रहरीले तत्काल आरोपीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय झिलझिलले आरोपी मामालाई सोमबार नै पक्राउ गरेको छ । पीडितका बुबा भारतको दार्जीलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक नभएपछि प्रहरीको आग्रहमा किशोरी अध्ययनरत् बिद्यालयकी एक महिला शिक्षकले किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

आरोपी पक्राउ परेसँगै बैदेशिक रोजगारीमा रहेकी किशोरीकी आमालाई दबाब र प्रभावमा पारेर मेडिकल टेष्ट र जाहेरी दर्ता नगर्न दबाब दिइरहेको बताइएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले पीडित किशोरी र आरोपीको स्वास्थ्य परीक्षण गराएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here