नेकपाको शपथ, नेकाको जागरण

0
794

इलाम। इलामको रोङ गाउँपालिकामा नेकपा र नेपाली कांग्रेसले अलग–अलग कार्यक्रम गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले शपथ ग्रहण कार्यक्रम गरेको छ भने नेपाली कांग्रेसले जागरण अभियानको कार्यक्रम सम्पन्न गरेको छ ।

तत्कालीन एमाले र एमाओबादी एकीकृत भएपछि बनेको नेकपाको सपथ ग्रहण कार्यक्रममा तत्कालीन दुबै पार्टीका कार्यकर्ताको उपस्थिति रहेको थियो । नेकपा रोङका अध्यक्ष बृहस्पति खतिवडाको अध्यक्षतामा भालुझोडामा सम्पन्न कार्यक्रममा पार्टीका सदस्यहरुलाई जिल्ला कमिटी अध्यक्ष राम रानाले शपथ ग्रहण गराएका थिए ।

रोङ गाउँपालिकामा बृहस्पति खतिवडा अध्यक्ष र धनबहादुर नेम्बाङ सचिब भएको गाउँ कमिटी गठन भएको छ । त्यसैगरी ६ वटै वडामा पनि वडागत समिति बनेको छ । जसअनुसार वडा नम्बर १मा राजन चाम्लिङ अध्यक्ष र प्रकाश खाती सचिब रहेका छन् ।

त्यसैगरी वडानम्बर २मा पूर्ण गजमेर अध्यक्ष र पूर्ण लामा सचिब, वडा नम्बर ३मा भक्तबहादुर खवास अध्यक्ष र प्रेम गुरुङ सचिब चयन भएका छन् । त्यस्तै वडानम्बर ४मा अर्जुन गुरुङ अध्यक्ष र राजकुमार लाप्चा सचिब, ५ मा बीरबहादुर लाप्चा अध्यक्ष र जीवन भट्टाराई सचिब र वडा नम्बर ६मा धनबीर राई अध्यक्ष र चक्रबहादुर बिश्वकर्मा सचिब रहेको जनाइएको छ ।

शपथ ग्रहण कार्यक्रमलाई नेकपाका नेताहरु हिमाल किराँती, बिजय राई, बिष्णुमाया भूजेल, काजीमान कागते, महेश बस्नेत, देबकुमार राइर्, ध्रुब श्रेष्ठ लगायतले बोलेका थिए । नेकपा रोङका अध्यक्ष खतिवडाको सभापतित्वमा भएको कार्यक्रम पार्टीका सचिब धनकुमार नेम्बाङले सञ्चालन गरेका थिए ।

उता नेपाली कांग्रेस रोङ गाउँपालिकाले राष्ट्रिय जागरण अभियानको कार्यक्रम सम्पन्न गरेको छ । देबीप्रसाद अर्यालको सभापतित्वमा कुटीडाँडामा भएको कार्यक्रममा कांग्रेसका कार्यकर्ता र कांग्रेसबाट जितेका रोङका जनप्रतिनिधि तथा नेताहरुको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिभिन्न १८ जना स्थानीय कार्यकर्ता तथा जनप्रतिनिधिहरुले जिज्ञासासहितको सुझाब दिएका थिए ।

जनप्रतिनिधि उपाध्यक्ष चन्द्रकला राई, टेकबहादुर तामाङ, सुवास तामाङ, मात्रिका बराल लगायतले सुझाब र जिज्ञासा राखेका थिए । उपाध्यक्ष चन्द्रकला राईले प्रदेशको कार्यक्रममा जाँदा नेपाली कांग्रेसबाट जितेका प्रतिनिधिहरु कम भएकाले कोसँग को–अर्डिनेशन गर्ने भन्ने नै थाह नहुने गरेको सुनाइन् ।

त्यसैगरी नेपाली कांग्रेसका गगन घिमिरे, धु्रब राई, बलराम बिश्वकर्मा लगायतले पनि सुझाब सल्लाह दिएका थिए । जागरण कार्यक्रममा संकलन भएको सबै प्रतिक्रियाहरु प्रतिबेदन बनाएर केन्द्रीय समितिमा पेश गर्ने केन्द्रीय सदस्य अर्यालले बताए ।
कार्यक्रममा भूपेन्द्र कट्टेल, दुर्गाकुमार बराल, शान्तिकला राई (तामाङ), दीपक अधिकारी, भेषराज आचार्य केशव थापा लगायतले बोलेका थिए । कार्यक्रम वडा नम्बर ४का वडाध्यक्ष सूर्य राईको सञ्चालनमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here