साना निर्माण व्यवसायी संगठित

0
494

बिर्तामोड। झापामा साना निर्माण व्यवसायीहरु संगठित भएका छन् । ‘आफ्नो सुरक्षा आफैं गरौं’ भन्ने मुख्य उद्देश्यसहित सन्तोष राजवंशीको अध्यक्षतामा बिर्तामोड नगरस्तरीय साना निर्माण व्यवसायीहरु संगठित हुँदै समिति गठन गरेका हुन् ।

गठित समितिको उपाध्यक्षमा केदार राजवंशी, सचिवमा श्याम बस्नेत, सहसचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा दिलीप राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मणि खुदाङ, थुपु राजवंशी, धनकुमार राई, नवलकिशोर साह, पशुपति थापा मगर, महमद सादिक, रपत राजवंशी, सोम मुर्मू, नित्यानन्द राजवंशी र महमद दुलाल रहेका छन् । कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन भएको छ । समितिको सदस्यमा शंकर भण्डारी र निरेन राजवंशी रहेका छन् ।

बिर्तामोडमा घर निर्माण गर्ने साना निर्माण व्यवसायीहरु तीन सयको हाराहारीमा रहेका छन् । साना निर्माण व्यवसायीमार्फत झण्डै बिर्तामोडमा मात्रै सात हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । आप्रवासी ठेक्का पट्टा लिँदै गरेकाहरुलाई समितिले रोक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here