मलेसियासँग नेपाल पराजित

0
703

काठमाडौं । मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । मलेसियामा आइतबार अबेर भएको खेलमा नेपाल मलेसियासँग २ ० गोलले पराजित भयो ।

मलेसियाको जितमा सफावी राशिद र साहरुल सादले गोल गरे । मलेसियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा राशिदले पेनाल्टी मार्फत गोल गरेका थिए । नेपालका अनन्त तामाङले डिबक्सभित्र मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टीको मौका पाएको थियो । ८२औं मिनेटमा सादले गोल गर्दै मलेसियाको जित सुनिश्चित बनाए ।

नेपालले सन् २०२२ को कतार विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । मलेसियाको खेलमा नेपालका अभिषेक रिजालले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नेपालले यही जुन ६ तारिख चाईनेज ताईपेईंसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली मलेसियाबाट सोझै ताईपेईं जानेछ । रातोपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here