विश्वकप क्रिकेट : बंगलादेशको सान्दार प्रर्दशन, दक्षिणी अफ्रिका २१ रनले पराजित

0
846

एजेन्सी । आइसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो हार ब्यहोरेको छ । विश्वकपको पहिलो खेलमा नै जित निकाल्ने क्रममा बंगलादेशले दक्षिण अफिकालाई २१ रनले हरायो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले शुरुवातदेखि नै राम्रो गर्यो । बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रन बनाएको थियो । उसका लागि शकिब अल हसन र मुस्फिकर रहिमले उत्कृष्ट साझेदारी गरे ।

तेस्रो विकेटका लागि हसन र रहिमले १४२ रनको साझेदारी गरे । ब्यक्तिगत तर्फ हसनले ७५ रन बनाए भने रहिमले ७८ रनको योगदान दिए । यस्तै महमुदुल्लाहले ४६ रन, शौम्य सरकारले ४२ र बनाए भने मोसादेक हुसेनले आक्रामक रुपमा २६ रनको योगदान दिए । उनले २० बलमा २६ रन बनाएका थिए । बलिङतर्फ एन्डिल फेलुकवायो, क्रिश मोरिस र इम्रान ताहिरले दुई दुई विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन बनायो । मध्यम सुरुवात गरेको उसले ४९ रनमा पहिलो विकेट गुमायो । त्यसपछि एक सय दुई रन बनाउँदा दोस्रो विकेट खेर फालेको दक्षिण अफ्रिकाले स्कोरबोर्डमा एक सय ४७ रन बनाउदा तेस्रो विकेट खेर फालेको थियो ।

तर त्यसपछि उसका अरु तीन खेलाडी विच राम्रो साझेदारी हुन नसक्दा दुई सय ५२ रनमा ६ विकेट गुमाउन पुग्यो । उसका लागि कप्तान फाफ डुप्लिसिसले ६२ रन बनाउदा डेविड मिलरले ३८ तथा हि भान डेर डुसेनले ४१ रनको योगदान गरे । यस्तै क्विन डी ककले २३ तथा एडीम मक्ररमले ४५ रन जोडे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here