जीवन बचाउन सहयोगको अपिल

२० जेष्ठ २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

दुबै मृगौला फेल भएर जीवनमरणको दोसाँधमा रहेका झापा बिर्तामोडका व्यवसायी मुन्ताज मियाले आफ्नो जीवन बचाइदिन सहयोगको अपिल गरेका छन् ।

बिर्तामोड–१ गौरीटोलका ३९ वर्षीय मुन्ताज मियाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि यस्तो अपिल गरेका हुन् । बिर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार गर्दा दुबै मृगौला फेल भएको र हेपाटाइटिस बी भएको पत्ता लागेको उनका भाइ फिरोज आलमले बताए ।

मुन्ताजको उपचारमा हालसम्म १० लाख रुपैयाँ सकिएको र उक्त रकम पनि सबैसँग सहयोग मागेर जुटाइएको उनका भाइ फिरोजले बताए ।

हाल भाडाको घरमा बस्दै आएका मुन्ताज थलिएपछि उनकी श्रीमती र तीन छोराछोरीको बिचल्ली भएको छ । उनको उपचारमा ५०÷६० लाख लाग्ने डाक्टरले बताएपछि मुन्ताजलाई बचाउन सहयोग समिति गठन गरिएको बताइएको छ । उनलाई सहयोग गर्न चाहनेले मोवाइल नं. ९८१४००६६२९ र ९८०३५८५१०२मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here