ट्राफिकलाई सय रुपैंया घुस दिंदा…

0
1073

बिर्तामोड।

पूर्वमा सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय इटहरीले सून्य सहनशीलताको कार्यक्रमलाई अगाडि बढाएको बताइएको छ ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको नेतृत्व सम्हाल्न आएका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक भीमबहादुर दाहालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजनाका साथ काम गर्ने बताएका छन् । उनले ट्राफिक प्रहरीलाई प्रलोभनमा पारेर सवारी नियम उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

ट्राफिक प्रहरीले सून्य सहनशीलता कार्यक्रमलाई आत्मसाथ गर्दै राजश्वमा भन्दा दुर्घटना कम गर्नेतर्फ ध्यान दिने उल्लेख गरेका छन् । दुर्घटनाका कारण दिनहुँ मानिसले ज्यान गुमाइरहेको भन्दै प्रहरी प्रमुख दाहालले सडकको अवस्था सवारी चाप सबैकुरालाई ध्यान दिएर विशेष योजनाका साथ काम गर्ने बताए । १ नं. प्रदेशका १४ जिल्लालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

यसैबीच प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रहरीलाई घुस दिएको आरोपमा पक्राउ गरेको छ । धनकुटाको चौबिसे गाउँपालिका– ६ का १९ वर्षीय हेमबहादुर विकले सवारी चालक अनुमति पत्र नलिई सवारी चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्दा ड्युटीमा खटिएका प्रहरी जवान पोषराज खतिवडालाई सवारी दर्ता किताब (ब्लू बुक) ५० रुपैयाँका दुई थान नोट घुस दिएको आरोपमा पक्राउ गरी आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय इटहरिमा बुझाइएको प्रहरी उपरिक्षक दाहालले जानकारी दिए ।

भोजपुरबाट इटहरी हुँदै झुम्कातर्फ जाँदै गरेको को १ ख २६११ नम्बरको खाली ग्यासको सिलिण्डर लिएको मिनि ट्रकका चालक समेत रहेका विकलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाइएको जनाइएको छ । ट्राफिक नियम उल्लंघन गर्ने र घुस दिएर उम्कन खोज्ने जोसुकैलाई पनि कडा कारवाही गर्ने प्रमुख दाहालले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here