काठमाडौं ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहेका ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् ।
उनले देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउदै आएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा उनलाई अभियोगमा पक्राउ गरेको हो ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । साथै आफुले भनेका सबै कुराहरु मिल्दै आएको र यो पनि मिल्ने भन्दै अन्तर्वाता दिदै आएका थिए ।
कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको गौशाला महानगरीय प्रहरी परिसरले जनाएको छ ।