विप्लव सिन्धुपाल्चोकका जिल्ला सदस्य पक्राउ

0
372

सिन्धुपाल्चोक,

सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्ता सिन्धुपाल्चोकको चौतारा बजारबाट सोमबार साँझ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका २ का पूर्ण मल्ल ठकुरी रहेका छन्। मल्ल विप्लवका जिल्ला सदस्य समेत रहेका छन्। पक्राउपछि मल्लमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले जानकारी दिए।

यसअघि पनि साँगाचोकबाट विप्लवका १७ जना कार्यकर्ता पक्राउ परेका थिए। उनीहरूलाई प्रहरीले सामान्य तारेखमा छाडेको थियो। सरकारले विप्लवमाथि प्रतिबन्धको घोषणा गरेपछि देशभरि विप्लवका गतिविधि दिन प्रतिदिन बढ्दै गएको सुरक्षा स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here