वाताारण दिवसमा भद्रपुरमा वक्तृत्वकला

२२ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

गंगा बराल,
भद्रपुर ।

विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाले मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

‘वातावरण संरक्षणमा बाबालिकाको भूमिका’ विषयमा आयोजित वडास्तरीय प्रतियोगितामा छात्रातर्फ भद्रपुर–९ की रुक्सुम गुरागाईं प्रथम भएकी छिन् । वडा नं ८ की आराध्य पोखरेल दोस्रो भएकी छिन् भने वडा नं १० की निशा लामिछाने तेस्रो भएकी छिन् । वडा नं ३ की शान्ता राईले सान्त्वना पुरस्कार जितिन् ।

यसैगरी, छात्रतर्फ वडा नं ८ का आर्यन कटुवाल प्रथम, वडा नं १० का दृष्टान्त लम्साल दोस्रो र वडा नं ७ का आदित्य पोखरेल तेस्रो भए भने वडा नं ३ का प्रवेश अधिकारीले सान्त्वना पुरस्कार हात पारे ।

वडा नं १० को सभाहलमा सम्पन्न प्रतियोगिताको अध्यक्षता नगर बाल सञ्जालकी उपाध्यक्ष आराध्य पोखरेलले गरेकी थिइन् भने सञ्चालन १० नं वडा सचिव मनकुमार डाँगीले गरेका थिए ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए । ‘स्वच्छ वायु, स्वच्छ जीवन’ भन्ने नाराका साथ बुधबार यस वर्षको विश्व वातावरण दिवस मनाइँदैछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here