धानको ब्याड यन्त्रबाट

0
987

दमक।

झापामा बीऊ उत्पादनका लागि धानको ब्याड अब मेसिनबाटै राख्न थालिएको छ ।  खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदा जिल्लाका किसानले व्याड राख्ने काम यन्त्रबाट गर्न थालेका हुन् ।

गौरादह–५मा रहेकोे नमूना एकीकृत खेतीका किसानले धानको बीऊ समेत यन्त्रबाट राख्न थालेका हुन् । धान खेतीमा यो प्रविधि भित्रिएपछि काममा छिटो र लागत कम हुने किसानले बताएका छन् । करीब १०० बिगाह क्षेत्रफलमा एकीकृत रुपमा खेती गर्दै आएका किसानले यन्त्रबाटै धानको बीऊ राख्न थालेपछि आम्दानीसँगै जनशक्ति र समयको अभावसमेत हुन छाडेको एकीकृत नमूना खेतीका व्यवस्थापक अर्जुन खतिवडाले बताए ।

उनका अनुसार एक हजार ९४३ महिला मात्र शेयर सदस्य रहेका उक्त संस्थाले राज्यको ५० प्रतिशत अनुदानमा रु. ३० लाखमा जापनीज यन्त्र खरिद गरेको बताइन्छ । जिल्लामा पहिलोपटक बीऊ उत्पादनमा यन्त्रको प्रयोग गर्न थालिएपछि अन्य किसानले समेत चासो दिएको अध्यक्ष वेदनिधि चापागाईंले बताए ।

यन्त्रले ट्रेमा राखेको बीऊ रोप्नका लागि मेसिनकै प्रयोग गर्नुपर्ने हुन्छ । अब झापाका किसानले धानको खेती गर्दा बीऊ राख्नेदेखि काट्नेसम्म यन्त्रले गर्न सक्ने चापागाईं बताउँछन् । सबै काममा मेशिनको प्रयोग हुन थालेपछि किसानमा खेती गर्ने जाँगरसमेत बढेको स्थानीय किसान रामकुमार न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here