थिएटरमा रमाएकी सविता

0
546

झापा बिर्तामोड–६ बुट्टावारी कि सविता रेग्मीले रंगमञ्चमा उभिएर दर्शकसामु अभिनय गरौला र वाहवाही पाउँला भन्ने कहिल्यौं कल्पना गरेकी थिइन् । सानैबाट नाच्न रुचाउने उनले नाचेरै धेरैको मन जितेकै थिइन् ।

तर, अभिनयमा लाग्न परिवारबाटै प्रेरणा मिलेपछि उनले नाट्य क्षेत्र रोजिन । नृत्यमा पोख्त सविताले थिएटरमा पहिलोपटक लीलाबहादुर क्षेत्रीको बसाई उपन्यासलाई नाटकमा रुपान्तरण गरेपछि अभिनय गरिन् । जहाँ उनले मैनाको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयलाई दर्शकले औधी मनपराएपछि उनको अभिनयप्रतिको मोह अझ बढेर गयो । उनले रंगमञ्चलाई नै जीवन सम्झिइन् । कडा मेहनत र परिश्रम गर्न रुचाउने सविताले सडक नाटकमा अभिनय गर्दा गर्दै थिएटर अनि ठूलो पर्दाको चलचित्रमा समेत अभिनय गर्ने सपना देखिन् ।

सपना देख्नुपर्छ अनि मात्र त्यसलाई पूरा गर्ने दिशामा हामी अघि बढ्न सक्छौं भन्ने सोच राख्ने सविता केही वर्ष यता रंगमञ्चमा अभिनय गरेर धेरैको मन जित्न सफल भएकी छिन् । केही समय अघि झापाको बिर्तामोडमा मञ्चन गरिएको ‘वर्वरिक’ नाटकमा सीताको भूमिका निर्वाह गरेकी सविताको चर्चा अहिले चुलिएको छ । सीता अर्थात राष्ट्रपति विद्यादेवी भण्डारीको विद्यार्थी जीवनकालमा भूमिगत हुँदाको अवस्थालाई जस्ताको त्यस्तै अभिनयमार्फत दर्शकसामु प्रस्तुत गरेपछि उनको अभिनयलाई प्रशंसा नगर्ने सायदै कमै होलान् । सीतल निवासमा समेत मञ्चन गरिएको नाटक वर्वरिकमा उनले खेलेको भूमिकाले उनलाई झापामा मात्र सीमित राखेन देशभर चिनायो ।

सरगम संगीतालयबाट नाच्न सिकेकी सविताले केही समय सो ठाउँमा अरुलाई नाच्न पनि सिकाइन् । प्रमुख प्रशिक्षकका रुपमा केही समय काम गरेकी उनले क्षितिज नाट्य समूहमा आवद्धता जनाउँदै रंगञ्चलाई पहिलो प्राथमिकतामा राखिन् । देशको विभिन्न ठाउँमा नाटकका माध्यमबाट धेरैलाई जीवन उपयोगी शिक्षा प्रदान गर्दै हिँड्ने सविताले सिंगापुर, मलेशिया र वैंककामा पुगेर पनि आफ्नो कला कौशल देखाउन पछि परिनन् ।

सविता अहिले रंगमञ्चसँगै ठूलो पर्दाको चलचित्रको अभिनयमा व्यस्त छिन् । अशोक शर्माको ‘रातो टिका निधारमा’ मा अभिनय गरिरहेकी उनले म्युजिक भिडियोमा समेत अभिनय गर्दै देश तथा विदेशमा रहेका नेपाली माझमा छाएकी छिन् । चलचित्रमा अभिनय गर्नु भन्दा रंगमञ्चमा अभिनय गर्न अफ्ट्यारो रहेछ उनले भनिन्– चलचित्रमा अभिनय गर्दा क्यामेरा मात्र हुन्छ, १० टेक बिग्रिए पनि फेरि ११ टेककोपालीमा राम्रो गरांैला भन्ने हुन्छ । तर, दर्शकसामु अभिएपछि फष्ट न लाष्ट एकै टेकमा अभिनय सिध्याउनुपर्छ ।’

डान्सबाट करिअर शुरु गरेकी सवितले विद्यार्थी हुँदा शिक्षक बन्ने सपना सजाएकी थिइन् । तर, नाच्न निपूर्ण उनले नाचेकै भरमा धेरैको मन जितेपछि अर्कै बाटो रोजिन् । सविताले रोजेको नयाँ बाटोले उनलाई अहिले हरेक नेपालीमाझ परिचित गराएको छ । राम्रो कलाकार बन्ने लक्ष्य बोकेकी सविता आधा दर्जन बढी विभिन्न डकुमेन्ट्रीमा समेत अभिनय गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here