विद्यालयलाई १० थान कम्प्यूटर

0
676

बिर्तामोड ।

झापा गाउँपालिकामका – ५ रहेको महेन्द्र आधारभूत विद्यालय पन्थापाडालाई १० थान कम्प्यूटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर सहयोग प्राप्त भएको छ ।

वाह्रदशी गाउँपालिका – ३ निवासी टंकप्रसाद भट्टराईको पहलमा विद्यालयलाई कम्प्यूटर लगायतका विद्युतीय सामग्री प्राप्त भएको हो ।

पछिल्लो समय प्रविधिमैत्री शिक्षाको आबश्यकता रहेको भन्दै वेलायतमा रहेका भट्टराईले कम्युनिटी डेभलपमेन्ट सेन्टर यूकेको सहयोगमा विद्यालयलाई उक्त सामग्री प्रदान गरेका छन् ।

 

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो सामाग्री गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । उनले कम्यूटर कक्षाको समेत गरेका थिए । विद्यालयलाई सो सामग्री प्रदानका लागि आत्माराम दाहालले समेत विशेष पहल गरेको बताइएको छ ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खड्गप्रसाद खरेलको समेत विशेष आतिथ्य रहेको बताइएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामनारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गणेशले विद्यालयको शैक्षिक अवस्थाको विषयमा जनाकारी गराएका थिए । कार्यक्रममा स्वागत विद्यालयका शिक्षक गोपालप्रसाद गणेशले गरेका थिए ।

सो विद्यालयमा ३ सय ८२ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक एसएलवी कटुवालले जानकारी दिए । विद्यालयलाई कम्प्यूटर प्रदान गर्न टंकप्रसाद र उनकी श्रीमती शाक्षी शर्मा भट्टराई लगायतले सामाजिक सञ्जालमा अभियान चलाएका थिए । अभियानका क्रममा दाहालले समेत म्याराथन अभियानबाट प्राप्त रकम प्रदान गरेको बताइन्छ ।

यसैबीच विद्यालयलाई १० थान कम्प्यूटर सहयोग प्राप्त भएपछि त्यस क्षेत्रका विद्यालयीले समेत सहजै कम्प्यूटर शिक्षा पाउने भएका छन् ।

शिक्षालाई प्रविधिसंग जोड्न पु¥याएको सहयोग प्रति धन्यवाद दिदै गाउँपालिकाका अध्यक्ष साहाले शिक्षाका क्षेत्रमा विकास भएपछि मात्रै चौतर्फि विकास हुने भन्दै गाउँपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताए ।

विद्यालयलाई कम्प्यूटर प्रदान गर्दै दाता भट्टराईले विद्यालयले कम्प्यूटरको सही सदुपयोग गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको खण्डमा आगामी दिनमा पनि आफूहरुको सहयोग निरन्तर रहने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here