नगर प्रमुखको धम्कीप्रति महासंघको आपत्ति

0
448

झापा।

नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार बिराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ ।

यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’– भनेर धम्की दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानूनको समेत उपहास भएको महासंघको ठहर छ ।

महासंघले घटनाको घोर भत्र्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिक रुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवम् पत्रकारलाई निर्वाध र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाई यस्ता घटना नदोहो¥याउनेतर्फ ध्यान दिन महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै जेठ २१ गते राति पत्रकार महासङ्घ धनकुटा शाखाका सदस्य दिलबहादुर (आशिष) राईलाई अज्ञात समूहले कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

महासङ्घले उक्त घटनामा संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउन, पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको महासचिव रमेश विष्टद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here