ज्येष्ठ नागरिकलाई बिर्सने रोग सम्बन्धी तालिम

0
501

गौरीगञ्ज।

गौरीगञ्जमा आयोजित ज्येष्ठ नागरिकहरुलाई अल्जाइमर्स (बिर्सने रोग) सम्बन्धी चेतनामूलक तालिम प्रदान गरिएको छ ।

महिला तथा बालबालिका शाखा गौरीगञ्जको आयोजनामा भएको तालिममा डा. विद्या पोख्रेलले उक्त रोगका विषयमा सहजीकरण गरेकी थिइन् । गौरीगञ्ज गाउँपालिकाको सभाहलमा आयोजना गरिएको तालिममा ४० भन्दा बढी ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

उमेर ढल्दै जाँदा स्मरण गर्ने क्षमतामा पनि ह्रास हुँदै जाने भएकोले त्यसबाट बच्न यस प्रकारको तालिम दिइएको महिला तथा बालबालिका शाखा गौरीगञ्जकी प्रमुख सुष्मा कोइरालाले बताइन् ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष दिपीन्द्र थापा, वार्ड नं. ३का अध्यक्ष मखना महतो, जेष्ठ नागरिक संघ गौरीगञ्जका अध्यक्ष विश्वप्रकाश अधिकारी, उपाध्यक्ष रामकृष्ण यादवलगायतको सहभागिता थियो ।

महिला तथा बालबालिका शाखा गौरीगञ्जको सशर्त अनुदान बजेटबाट आयोजना गरिएको तालिममा डा. पोख्रेलले ६० बर्ष उमेर कटिसकेका विश्व भरि ३ करोड र नेपालमा ७६ हजार मानिस अल्जाइमर्सबाट पीडित भएको जानकारी गराएकी थिइन् ।

उनले तालिममा यस रोगबाट बच्ने, समाधानका उपाय र अपनाउनुपर्ने सावधानीका बारे जानकारी गराएकी थिइन् । महिला तथा बालबालिका गौरीगञ्ज शाखाकी प्रमुख कोइरालाले तालिमको सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here