मित्रजीव : समृद्धिका साधक

0
905

रामचन्द्र उप्रेती,

बोटबिरुवामा लाग्ने कतिपय किराले तीनको पात खाएर सखाप पार्छन् । केही किरा त हरिया बोटबिरुवा कै रङ भएका हुन्छन् । यिनलाई देख्न मुस्किल पर्छ । किरा थरी–थरीका हुन्छन् । कोही लुकेर खान्छन् र कोही हाकाहाकी । बोटबिरुवामा लाग्ने रोग नियन्त्रण गर्न, बोटबिरुवा बचाउन समयसमयमा उपचार गर्ने गरिन्छ । यहाँ बोटबिरुवामा लाग्ने किराको होइन देश खाने किराको कुरा गरौं । देश खाने भनेको देशको भूगोल अर्थात् सीमाना खाने भनेको होइन । आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्न देशको बगैंचामा फुल्न लागेका पूmलका बिरुवा, करेसाबारीमा भएका तरकारी र फलपूmलका बोटबिरुवा, खेतीपातीमा भएका बालीनालीमा लाग्ने किराको कुरा गरौं ।

देशको बालीनाली, बगैंचा, करेसाबारी भनेको जनहितका लागि गरिने सबै काम हुन् भनेर बुझ्दा राम्रो हुन्छ । जस्तै जनहितका लागि बाटो बनाइन्छ, स्कूल, अस्पताल, बिजुली, नहर आदि । त्यस्तै सार्वजनिक र सामुहिक हित एवम् आवश्यकता पूरा गर्न स्थापना गरिएका संघ–संस्था, संरचना आदि हुन्छन्, बनाइन्छन् । यी र यस्ता संरचना नै देशका बालीनाली हुन् । देशको बगैंचा, करेसाबारी र खेतीमा लगाएको बाली सप्रियो भने देशको उन्नति हुन्छ । देश विकास भएको मानिन्छ । समग्र देशको विकास हुँदा सबैलाई लाभ पुग्छ । अधिकार प्राप्त व्यक्ति वा समुदायले आफ्नो मात्रै हित हुने गरी काम गर्दा केही व्यक्तिलाई लाभ होला, तर समग्र देशले लाभ पाउँदैन अर्थात् सबैको हित हुने काम हुँदैन ।

बोटबिरुवामा यदाकदा किरा लाग्नु, किराले पात खानु सामान्य मानिन्छ । तर, यस्ता किराको संख्या ह्वात्तै बढेर बालीमा आक्रमण गरेछ भने त्यसको उपचार नखोजी हँुदैन । अझ किराले पात मात्रै होइन डुकु, ढाँठ, बोक्रा, जरा नै खाने अवस्था आएछ भने के गर्नुपर्ला ? यस्तोमा यो बालिको आशा त हुँदैन, तर बीऊ मासिने खतरा हुन्छ । त्यसैले बीऊ जोगाउन सबै उपाय लगाएर किरा नियन्त्रण गर्नुको बिकल्प हँुदैन । यस्तो बोटबिरुवामा फललाग्ने आशा हराउँदै जान्छ । यदि बालीनाली सपार्ने हो भने पहिला बोटबिरुवामा लाग्ने रोगका किराको पहिचान गर्ने र नियन्त्रण गर्ने उपाय गर्नुपर्छ ।

हाम्रो समाज अगाडि बढ्न, देश समृद्ध हुन देश र समाजको बालीनालीमा लाग्ने किराको पहिचान गर्नुपर्ने हुन्छ । कुनै संस्था शुरु गरिन्छ समाजको हितका लागि, कुनै काम शुरु गरिन्छ देशको हितका लागि तर, त्यहाँ संलग्न मानिस अर्थात् त्यसका हर्ताकर्ता नै किरा बनेर पात खान थालेभने के होला ? बिरुवा उम्रनुभन्दा पहिला नै संरक्षण गर्नुपर्नेले बेवास्ता गर्ने, निहीत स्वार्थका लागि कोतर्न थाल्ने हो भने के होला ? उम्रिएर अलि बढ्न पाएको छैन पात, मुना निमोठेर स्वाद लिने, जसोतसो ठूलो भएछ भने हाँगा भाँचेर आफ्नो बनाउने, कुनै मेहनतले फल लागि हालेछ भने त्यो फलमा एकल रजाईं मच्चाउने चलन व्यापक हुँदै गएको यो समाजमा समुन्नत समाज र समृद्ध देश बनाउन पहिला समाजमा भएका उस्तै रंग धारण गर्ने क्षमता भएका बहुरुपी किरालाई ठेगान लगाउन जरुरी छ ।

नत्र यिनले पातमात्रै खाने होइन मुना, डुकु, डाँठ, बोक्रा र जरा पनि खाने छन् । बोटबिरुवा किराले खाएर नोक्सान मात्र गर्ने होइन किराले सपार्ने पनि गर्छन् । त्यसैले बाली विज्ञानमा शत्रु जीव र मित्र जीव भन्ने गरिन्छ । माहुरी, गड्यौला आदि बालीनालीका मित्र जीव हुन् । देशको समृद्धि र समाजको विकासका लागि मित्र जीवको आवश्यकता पर्छ । तर, शत्रु जीवको बोलवालाले समाज संकटमा छ । देश अप्ठ्यारोमा छ । जिम्मेवारी लिने, जिम्मेवारीमा पुगेको, जिम्मेवारी भएको, विश्वास गरेर जिम्मेवारी दिइएको जीव समाजको, देशको मित्र जीव परेछ भने त्यसले देश, समाज सपार्छ । यदि शत्रु जीव परेछ भने त्यसले आपूmलाई सपार्न देश र समाजलाई सखाप पार्छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति हुनुभन्दा पहिला नै कुनै समयमा कसैलाई कुनै संस्थाको महत्वपूर्ण जिम्मेवारी सुम्पदै गर्दा भन्नुभएको थियो रे– संस्था सानो छ, यसलाई माया गर्नुहोला, गोडमेल र राम्रो हेरचार गर्नुहोला । मैले यो कुरा किन भनिरहेकी छु भने मानिसलाई जिम्मेवारी दियो राम्रो गर्लान्, हेरचाह गर्लान्, बढाउलान् भन्यो । पहिला पात चुड्छन्, त्यसपछि मुना चुडछन् र अलि ठूलो रहेछ भने हाँगै भाँच्छन् ।

यसरी उहाँले तितो अनुभव पोख्नु भएको सुन्नेले मलाई पनि सुनाउनु भएको थियो । देशमा, समाजमा भएका धेरै घटनाको अनुभवका आधारमा अभैm यसो पनि भन्न सकिन्छ मानिस पदमा, जिम्मेवारीमा पुग्न किन बल गर्छन् भन्दा त्यहाँबाट प्राप्त हुने विधिवत् सेवाका लागि भन्दा त्यहाँ पुगेर विधि मिचेर गरिने आम्दानीमा बढी आशक्त हुने गर्छन् । यस्तै आशक्तिले हो सानो या ठूलो संस्था होस् वा पद बिरुवाको हेरचाह गर्न, मलजल गर्न र ठूलो पारेर सबैका लागि फलाउने फुलाउनेभन्दा ती बालीबिरुवाको पात, मुना, डुकु, डाँठ कोतर्न उद्धत हुने गर्छन् ।

परिणाम देशको बगैंचा, करेसाबारी, खेतबारी आदिमा लगाएको बालीनाली रोगी हुने गर्छन् । तिनले राम्रो उत्पादन दिन सक्तैनन् । दुई वर्षमा सकिनुपर्ने पुल, बाटो, नहर, अस्पताल, स्कुल दश वर्षमा पनि पुरा हुँदैन । कारण शत्रु जीवहरुको मिलेमतो । स्कूल छ, पढाई हुँदैन, अस्पताल छ, उपचार हँुदैन, वन क्षेत्र हो रुख छैनन्, संस्था छन्, तर रोगी छन्, सेवा दिने निकाय छन्, सेवा दिदैनन्, निर्णय गर्ने निकाय छन्, निर्णय गर्दैनन्, कानून छ लागू हुँदैन, धारा छन्, पानी छैन कारण शत्रु जीवको उपस्थिति बलियो छ । नेपाल बिद्युत् प्राधिकरणमा शत्रु जीवकै कारण देशले १६ घण्टा लोडसेडिङ व्यहोरेको कुरा पुरानो भएको छैन । शत्रु जीवकै कारण मेचम्ची पछाडि परेको परेकै छ । सुकिला शत्रु जीवका कारण बालुवाटारको सरकारी जग्गा मिचिएको छ । अर्थात्, जताततै प्वाल परेको छ । शत्रुजीवले मित्रजीवको खेदो गर्छन् ।

शत्रुजीव शत्रुजीव मिलेर मित्र जीवलाई घेरामा पार्छन् । शत्रुजीवले शत्रुजीवको बचाउ गर्छन् । शत्रुजीव आपैmंले बालीनाली लाउदैनन् । यी अरुले लगाएको बाली खाएर बाँच्ने गर्छन् । यस्ता जीव खाने काम मात्रै गर्दैनन् ढाडिने र डकार्ने गर्छन् । यस्ता जीव उडुस, उपियाँ, लामखुट्टे र जुका जस्ता हुन् , यी जुकाले लुकेर मित्रजीवको रगत खान्छन् र मोटाउँछन् । मित्रजीव शुसासनको उज्यालो र सफामा बस्न रुचाउँछन् । तर, शत्रुजीव भिंmगा जस्तै हो कुशासनको फोहरमा रमाउँछन् । त्यसैले शत्रुजीवको बोलवाला भएको ठाउँमा शुसासनको सफा होइन, भ्रष्ट चिन्तन र आचरणको फोहोरको थुप्रो लाग्ने गर्छ ।

प्राकृतिक वनस्पतीलाई नोक्सान गर्ने शत्रुजीव जन्मजातका हुन्छन् । उनीहरुको आकार, प्रकार, रंग, भोजन, चरित्र, आवाज आजिवन एकै प्रकारको हुन्छ । बंशाणुगत हुन्छ । त्यसैले चिन्ह सजिलो हुन्छ । तर, समाज र देशको बालीनालीमा लाग्ने शत्रुजीव जन्मजात शत्रुजीवको रुपमा आएका होइनन् । अझ गजबको कुरा त के हुन्छ भने देशको बालीनालीमा लाग्ने यस्ता शत्रुजीवले मित्रजीव भएको कसम खाएका हुन्छन् । आकार, प्रकार, जात, धर्म, भाषा, आस्था, नश्ल, लिड्ग, भेषभुषा, क्षेत्र आदिका आधारमा को शत्रुजीव र को मित्रजीव छुट्याउन सकिँदैन । शत्रुजीवले शत्रुजीवसँग बढी संगत गर्छन्, मित्रजीव भएको लोकलाई देखाउन शत्रुजीवसँग प्राय लुकेर अध्यारोमा भेट्छन् ।

यस्ता भेटघाट र भेटघाटमा भएको कुराकानि, लेनदेन गोप्य राख्छन् । देशको बालीनालीमा पुग्नुपर्ने रसदपानी यिनले शत्रुजीवसँग मिलेर आफ्नो बनाउँछन् र शत्रुजीवलाई पनि आफ्नो बनाउने छुट दिन्छन् । देशको बालीनालीमा पुग्नुपर्ने रसदपानी आफ्नो भागमा पार्ने गरेपछि यिनको चरित्रमा फरकपन देखा पर्न थाल्छ । संगत बदलिन्छ । उद्देश्य फेरिन्छ । अभैm मित्रजीव भएको भ्रम पार्न अनेक कर्म गर्छन् । अन्तमा यिनी शत्रुजीव भइसके वा मित्रजीव नै हुन भन्ने पहिचानका लागि यिनले जम्मा गरेको धनको स्रोत र बैधानिकताले मात्रै निर्धारण गर्न सक्छ । अर्थात् यिनको जीवनशैलीमा देखिने फरकले छुट्याउन सकिन्छ । यस्ता शत्रुजीव पहिला–पहिला आपूmसँग भएको धनको हाकाहाकी विज्ञापन गर्थे । अहिले यिनलाई भएको धन लुकाउनुपर्ने र जोगाउनुपर्ने चुनौति थपिएको छ ।

यतिखेर देशको बालीनाली सपार्न एक हुल मित्रजीव कम्मर कसेर लागेका छन् । तीनका मुखिया देशका प्रधानमन्त्री भएका छन् । शत्रुजीवले पहिला जस्तो निर्वाध र स्वतन्त्रतापूर्वक बालीनालीका पात, मुना, डुकु, डाँठ र हाँगा भाचेर आफ्नो स्वार्थ पूरा गर्ने तर अरुलाई गोडमेल गरेको हो भनेर भ्रम छर्ने अवस्था छैन । शत्रुजीवका कर्तुतहरुको उत्खनन् हुँदैछ । बालुवाटारको जग्गा प्रकरण यसको पछिल्लो उदाहरण बनेको छ । हिजोसम्म समाजमा सम्मान, नाम, दाम कमाएर हुकुम चलाएका शत्रुजीव लुसुक्क टाप कस्न थालेका छन् । कोही कसरी पाप पखाल्ने हो भनेर चिन्तन गर्न थालेका छन् । कोही भएको जोगाउन लागेका छन् । केही–केही अभैm लुट्न र चुस्न मै मस्त छन् । तिनको नजरमा मौसम परिवर्तन भएको छैन ।

देशको बगैंचामा पूmल नफुले पनि मालि सप्रेको यो देशमा बालीनाली सपार्ने मित्रजीव र बालीनाली बिगार्ने शत्रुजीवको पहिचान गर्न अब ढिला गर्नुहुँदैन । यो समयमा शत्रुजीवले सबै शत्रुजीव भएको हल्ला गरेर आफ्नो बचाउ गर्ने प्रयास गर्छन्, गर्दैछन् । जानेर वा नजानेर सबैलाई उस्तै देख्ने रोग धेरैलाई लागेको छ । फरक नछुट्याउँदा शत्रुजीवको घानमा मित्रजीव पर्ने खतरा छ । मित्रजीवको हुलमा मिसिएर, उस्तै रंगरुप बनाएर आफ्नो सुरक्षा गर्न र पुनः लुट्न, चुस्न शत्रुजीव आउने गर्छन् । यसबाट मित्रजीव होसियार हुनुपर्छ ।

देशको समृद्धिका लागि देशले लगाएको बालीनाली सप्रिनै पर्छ । बालीनाली सप्रिन शत्रुजीवको आक्रमण बन्द हुनैपर्छ । माटो मलिलो र उर्वरा छ, मौसम अनुकूल छ, तापक्रम मिलेको छ तर बाली सप्रदैन । एउटै कारण हो शत्रुजीवको बोलवाला छ । यी शत्रुजीव मित्रजीवमा परिणत हुने सम्भावना लगभग छैन । यिनले राम्रो गर्लान् भन्ने छैन । तर, यिनलाई नराम्रो गर्नबाट रोक्नु पर्छ । मित्रजीवका कारण बाली लाग्छ । प्रकृतिको नियम अनुसार बालीनाली हुर्कन्छ, फुल्छ र फल्छ ।

यति हो शत्रुजीवको आक्रमण नहोस् । बिरुवा उम्रिन पाएको हुँदैन पात खाने, दुईपाते हुन पाउँदैन मुना निमोठ्ने, अलि ठूलो भइहालेछ भने डुकु भाँच्ने, ठूलो भएछ भने हाँगा भाँच्ने, रुख ढालेर फल खाने प्रवृत्तिबाट मात्रै बचाउने र प्रकृतिको नियम अनुसार बालीनाली हुर्कन अवरोध नगर्ने हो भने देश समृद्ध हुन धेरै समय लाग्दैन । हामी सबै असल माली बनौं मित्रजीव र शत्रुजीवको पहिचान गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here