सत्यतथ्य अध्ययन गर्न प्रदेश १ मा मिसन टोली गठन

0
774

विराटनगर,

नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकारमाथि एकपछि अर्को पत्रकारमाथिको भएको दुव्र्यवहारको सत्यतथ्य अध्ययन गर्न मिसन टोली गठन गरेको छ ।

मिसन टोलीलाई अध्ययनपछि यथार्थ बाहिर ल्याउन जिम्मेवारी दिइएको छ । समितिको बिहीबार बसेको बैठकले पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य रहेको मिसन टोली गठन गरेको हो ।

समितिले बैठकपछि जारी गरेको विज्ञप्तिमा सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले समाचार लेखेकै आधारमा पत्रकारहरुलाई दिएको धाकधम्की र दुव्र्यवहारको घटनापछि पत्रकार विराट अनुपम(गौतम) विस्थापित हुने अवस्थामा पुगेकोले आवश्यक सुरक्षा र संरक्षणमा राख्ने निर्णय पनि गरेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here