जनता जागरुक बनाउन स्वाभिमान यात्राको अभीयान शुरु

0
789

पोखरा,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ ।

मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आज आयोजित कार्यक्रममा उहाँले यात्राको दोस्रो चरणअन्तर्गत भोलि मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी गराउनुभयो ।

राष्ट्रिय आगामी आर्थिक वर्षको बजेट केही सकारात्मक र केही नकारात्मक रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले दीर्घकालीन रूपमा बेरोजगारी समस्या समाधानका लागि देशभित्रै पर्याप्त रोजगारको व्यवस्था हुनेपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति प्रक्रिया टुङगिएका बेला विप्लवको विद्रोह मुलुकको चूनौतीका रुपमा देखिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले सत्ता केन्द्रितभन्दा बढी नीति केन्द्रित भएर राजनीतिक गर्ने र समान विचार भएका दलहरुसँग एकताका लागि प्रयास जारी राख्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here