कानुनमन्त्री ढकालका दाजु सहित दुई जना काठमाडौंवाट ८ दिन देखि बेपत्ता

0
509

काठमाडौं।

कानुन तथा न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु सहित दुई जना ब्यक्ति काठमाडौंवाट बेपत्ता भएका छन् । मन्त्री ढकालका दाजु ७० वर्षीय शिवप्रसाद ढकाल र अर्घाखाँचीका शिशिर खनाल काठमाडौंवाट बेपत्ता भएका हुन् ।

ढकाल उपचारका लागि काठमाडौं आएका वेला बल्खुस्थित निवासबाटै र खनाल काठमाडौं एमबिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी बेपत्ता भएका हुन् । उनीहरु दुवै जना मानसिक सुन्तलन गुमाएका हुनसक्ने प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भन्दै ढकाल परिवारले उजुरी दिएको छ । अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ ।

उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरीले जनाएको छ । मन्त्रीका दाजु हराएको आज ८ दिन भएको छ । खनाल हराएको ६ दिन भएको छ । काठमाडौं प्रहरीमा निवेदन परेपछि प्रहरी टोलीले कीर्तिपुर क्षेत्र लक्षित गरी विशेष खोजी गरिरहेको हो । खनालको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा ‘सर्च’ अप्रेसन गरेको हो ।

काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा पढदै गरेको शिशिर परिवारसँग बुद्धनगरमा बस्थे । अर्घाखाँची स्थायी बसोबास भए पनि लामो समयदेखि खनाल परिवार बुद्धनगरमा घर किनेर यतै बस्तै आएका छन् । प्रहरीका अनुसार क्रिकेट खेल्ने र हेर्ने बाहेक शिशिर अध्ययनमै ब्यस्त थिए । उनको प्रेम सम्बन्ध र ब्यक्तिगत रिसइबीसमेत केही देखिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here