बुद्धशान्तिका कोच महिला संगठित

0
765

बुद्धशान्ति ।

झापाको बुद्धशान्ति गाउँपालिकामा पहिलो पटक कोच महिलाहरु संगठित भएका छन् ।

कोचिला महिला फ्रन्ट केन्द्रीय समितिको सक्रियता तथा संवाद समूह सचिवालय झापाको सहजीकरणमा भएको एक कार्यक्रमका बीच निर्मला राजवंशीको अध्यक्षतामा कोचिला महिला फ्रन्ट बुद्धशान्ति गाउँपालिका उपसमिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा राधा राजवंशी ,सचिवमा गीता राजवंशी, सहसचिवमा सन्ध्या राजवंशी र कोषाध्यक्षमा शान्ति राजवंशी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कल्पना राजवंशी, उर्मिला राजवंशी, मीना राजवंशी, भोटु राजवंशी, बिमला राजवंशी र सुर्ज राजवंशी रहेका छन् ।

कार्यक्रममा कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशी, महिला फ्रन्ट अध्यक्ष सनम कोच राजवंशी, आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव सुकमती राजवंशी, कोचिला गाभुर फ्रन्ट बुद्धशान्ति उपाध्यक्ष हरि राजवंशी, सदस्य मोहन राजवंशी लगायतले शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here