प्रतिपक्षलाई समेट्न भद्रपुरलाई ज्ञापन

0
317

भद्रपुर।

नगरको वडा भित्र हुने विकास निर्माण लगायत अन्य गतिविधिमा समेत प्रतिपक्षलाई समेटेर अघि बढ्नु पर्ने भन्दै नेपाली कांग्रेसले ९ नम्बर वडा कार्यालय भद्रपुरलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेस ९ नम्बर वडा समितिले वडा कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल कांग्रेसका जिल्ला सदस्य राजेन्द्र रिजाल, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, २ नम्बर क्षेत्रीय सचिव रमेश पोखरेल, वडा संयोजक गोपालप्रसाद श्रेष्ठ, सहसंयोजक लावण्यकुमार पोखरेल लगायत कार्यकर्ताहरुको टोलीले वडा अध्यक्ष शनिलाल राजबंशीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

वडाभित्रका सबै विकास निर्माण लगायतका जनमैत्री कार्यहरुमा जनताले सम्मानजनक मतदान गरेर प्रमुख प्रतिपक्षको रुपमा दोस्रो स्थान दिएकोले नेपाली कांग्रेस पार्टीलाई समेत सहभागिता गराउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस्तै न्याय पूर्ण समाज निर्माणका लागि वडाका महिला, बालबालिका, शिक्षा, स्वास्थ्य लगायतका विकास निर्माण सम्बन्धी ३८ बुंँदे मागलाई तत्काल पूरा गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै जिल्ला सदस्य राजेन्द्र रिजालले निर्माणाधीन सघन शहरी विकास अन्तरगत सञ्चालित सडक अनुगमन गर्नुपर्ने बताउँदै वडाले आपूmहरुका मागलाई वेवास्ता गरेमा आफू र आफ्नो पार्टी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here