भारतले सीमा क्षेत्रमा नै रोक्यो नेपाली मोटरसाइकल !

0
613

पार्थ मण्डल/ भद्रपुर

नेपाल—भारतको सीमावर्ती नाकामा फेरि भारतीय पक्षको दादागिरी सुरु भएको छ । भद्रपुर–गलगलिया जोड्ने नाकामा भारतीय पक्षले नेपाली नम्बर प्लेटको मोटरसाइकल रोकेपछि भारतीय पक्षको दादागिरी सुरु भएको हो ।

नेपाल–भारत दुवै देशको सीमावर्ती बजार आसपास अर्थात् ५ किलोमिटर क्षेत्रसम्म बिना भन्सार मोटरसाइकल लैजाने प्रावधान छ । तर, भारतीय व्यापारीले उचालेको भरमै भारतीय भन्सारले शनिवार बिहानदेखि नेपाली नम्बर प्लेटको सवारीसाधन भारत प्रवेश गर्न दिएको छैन । विहारको किशनगञ्ज जिल्लामा अन्तरगत पर्ने गलगलिया भन्सारको आदेशमा भारतीय एसएसबीले मोटरसाइकल सीमा क्षेत्रमा रोकेको हो ।

गलगलिया भन्सार र एसएसबी ४१ बटालियनका टोलीले नेपाली नम्बर प्लेटको मोटरसाइकल भारतीय राजदूतावासको कागजात माग थालेका छन् । कागजात भएका मोटरसाइकललाई मात्र जान दिने गरेको छ । अन्य मोटरसाइकललाई नेपाल नै फर्काउन थालिएको छ । यसले भारतीय पक्षको दादागिरी प्रस्ट देखिएको छ ।

यता वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठका अनुसार भारतीय पक्षले शनिवार बिहानदेखि नेपाली नम्बर प्लेटको मोटरसाइकलमा रोक लगाएको हो । ‘यस विषयमा भारतीय पक्षसँग बुझ्दा भद्रपुर भन्सारमा भारतीय व्यापारीलाई कडाइ गरेको भन्दै नेपालको मोटरसाइकलमाथि भारतले रोक लगाएको हो, प्रहरी निरीक्षक श्रेष्ठले भने । यस बारेमा दुवै पक्ष बिच आजै छलफल हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here