कुलोमा डुबेर झापाली कामदारको मृत्यु

0
421

इलाम ।

इलामको सुर्योदय नगरपालिका १ स्थित श्रीखोला नजिक नगरपालिकाले ठेक्का लगाएको निमार्णधिन कुलोमा डुबेर एक जना कामदारको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका १० सैनिक मोड बस्ने ४७ वर्षीय मानबहादुर नेम्वाङ श्रीखोलामा डुबेर मृत्यु भएको जनाइएको छ ।

घटनाबारे जानकारी हुना साथ सिमा प्रहरी चौकी मानेभन्ज्याङ र प्रहरी चौकी गोर्खेबाट प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्नुका साथै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको अनुसन्धान टोलीले कानूनी प्रक्रिया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here