बिर्तामोडमा दुई मोटरसाइकल जुध्यो, एकको मृत्यु तीन घाइते

0
710

झापा,

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँएर झापामा शनिबार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा गौरादह नगरपालिका ५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटना परी गौरदाह नगरपालिका ५ बस्ने ३१ वर्षीया यमुनादेवी न्यौपान दमक नगरपालिका १५ बस्ने २० वर्षीय जीवन भण्डारी, दमक नगरपालिका ९ बस्ने २३ वर्षीय कर्म उराउ घाइते भएका छन्।

घाइतेहरुको स्थानीय अस्पातलमा उपचार भइरहेको जनाइएको छ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १२ प ६३३७ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

६३३७ नम्बरको मोटरसाइकलले को १ च ८२१९ नम्बरको कारलाई ओभरटेक गर्न खोज्दा अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ६३३७ नम्बरको मोटरसाइकल चालक घिमिरेको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here