उप्रमुखसँग रुपान्तरणको छैठौं स्थापना दिवस

0
480

बिर्तामोड ।

दिगो शान्तिको लागि उन्नत सम्वन्ध भन्ने मूल नाराका साथ स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले छैठौं वार्षिक उत्सवमा झापाका उपप्रमुखहरुसँंग अन्तत्र्रिmया गरेको छ ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय श्रोत ब्यक्ति संगीता थापाले प्राकृतिक श्रोतमा आधारित द्वन्द्वहरुको अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रक्रियागत रुपान्तरणको माध्यमबाट श्रोतको उचित व्यवस्थापन गर्ने बताइन् ।

कार्यक्रममा बोल्दै उनले समाजमा दिगो शान्ति निर्माण र आमसमुदायको जीवनयापन सहज बनाउन आफूहरु स्थानीय तहका न्यायिक समितिहरुसँंगको हातेमालोमा अघि बढ्ने बताइन् । झापाको बिर्तामोडमा सोमबार आयोजित छैठौं स्थापना दिवसको अवसरमा स्थानीय तहका उपप्रमुख एवम् न्यायिक समितिका प्रमुखहरुले आ–आफ्नो स्थानीय तहको समस्या र समाधानमा गरेका पहलका बारेमा बताएका थिए ।

न्याय सम्पादन विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष थापाले एक वर्षको अवधिमा झापामा ६ वटा विवाद आएको र दुई वटालाई समाधान गरेको बताइन् । अर्जुनधारा, मेचीनगर, कनकाई, कचनकवल लगायतका स्थानमा जमिनसम्बन्धि विवाद आएको र न्यायिक समितिमार्फत द्वन्द्व रुपान्तरण केन्द्रको पहलमा छलफलको विधिबाट विवाद समाधान गर्दै आएको थापाको भनाइ छ । जमिन माथिको स्वामित्व र भोगचलन, पानीको प्रयोग तथा वन स्रोतको सदुपयोग र वनको सीमानाको विषयमा अधिकांश विवादहरु रहेको भन्दै वर्षांैदेखिको विवादलाई सहजरुपमा निरुपण गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले ६ वर्षको अवधिमा झापामा ठूला विवादहरुलाई सहजरुपमा समाधान गरेर न्यायको क्षेत्रमा ठूलो योगदान दिएको बताए । उनले स्थानीय तहका उपप्रमुखहरुलाई द्वन्द्व रुपान्तरण केन्द्रसँगको समन्वयमा विवादहरु समाधान गर्न सुझाव दिए ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा, कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाई, शिवसताक्षी नगरपालिका उपप्रमुख भोजकुमारी नेपाल, बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्ना राजवंशी, कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशी लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थिए ।

१७ वटा जिल्लामा विभिन्न विवादहरुको समाधान गर्दै आएको केन्द्रले झापामा भएको समस्या र समाधानको विषयमा उपप्रमुहरुसँंग संवाद गरेको हो । कार्यक्रममा उपप्रमुखहरुले आ–आफ्नो क्षेत्रको समस्या र समाधानको विषयमा विचार ब्यक्त गरेका थिए । सहजकर्ता मानबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन छत्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here