बिर्तामोड गोल्डकप पूर्वेलीलाई

0
584

बिर्तामोड।

बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ ।

मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पूर्वेली युथ क्लब च्याम्पियन भएको हो । दोस्रो हाफको २२ औँ मिनेटमा पूर्वेलीका सुमिन मैनालीले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच एक गोल गर्ने पूर्वेलीका मैनाली घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट गोल किपर विजेता टिमका अभिषेक बराल, बेस्ट डिफेन्स पूर्वेलीका निशान्त खड्का, बेस्ट मिडफिल्ड उपविजेता पाञ्चायनका रोशन भुजेल, बेस्ट फर्वाड पाञ्चायनकै तीर्थ बस्नेत र बेस्ट कोच पूर्वेलीका दिनेश चौधरी घोषित भए । मस्ट भ्यालुयवल खेलाडी पूर्वेलीका योगेश गुरुङ भए भने उदीयमान खेलाडीको पुरस्कार आयोजक रेड स्टार फुटबल क्लबका गोल किपर सौरभ गुरुङलाई प्रदान गरियो ।

त्यस्तै, सर्वाधिक गोलकर्ता रेड स्टारकै शक्ति राई बने । उनले एकै खेलमा ह्याट्रिक गरेका थिए । रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेता पूर्वेलीले नगद १ लाख ५१ हजार १११, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको पाञ्चायनले ७५ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here