कनकाईमा प्रअ बने डाँगी

३० जेष्ठ २०७६, बिहीबार मा प्रकाशित

सुरुङ्गा।

कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा कर्णबहादुर डाँगी नयाँ प्रधानाध्यापकका रुपमा नियुक्त भएका छन् ।

बुधबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा उनले पूर्णकालीन प्रधानाध्यापकका रुपमा पदभार ग्रहण गरेका हुन् । निमित्त प्रधानाध्यापक चन्द्रप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको बधाई तथा पदभार ग्रहण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनार्दन उप्रेती, पीटीए अध्यक्ष रमेश संग्रौला, निवर्तमान प्रअ गोपीकृष्ण भट्टराई, विज्ञान विषय संयोजक तुलसीराम खरेल, सहायक प्रअ हरिप्रसाद तिम्सिना लगायतले नवनियुक्त प्रअलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

नमुना विद्यालयको रुपमा प्रस्तावित भएपछि प्रारम्भिक चरणमा योजना स्वीकृत र विद्यालयको विनियमावली निर्माणपछि प्रतिष्पर्धाका आधारमा प्रअ नियुक्ति गर्नुपर्ने प्रावधान अनुरुप प्रतिष्पर्धाबाट डाँगी प्रअमा नियुक्त भएका हुन् । नमुना विद्यालय निर्देशिका अनुरुप प्रधानाध्यापक छनौटका लागि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका उपप्राध्यापक विष्णुप्रसाद कोइराला संयोजक रहेको कनकाई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत हरिप्रसाद मिश्र र स्नातकोत्तर क्याम्पस बिराटनगरका सहप्राध्यापक डा. डिल्लीराम प्रसाई रहेको ३ सदस्यीय नमुना विद्यालय विकास प्रस्ताव मूल्यांकन समिति गठन गरिएको थियो ।

पिता स्व. विष्णुलाल डाँगी र माता नारायणीदेवी डाँगीका कान्छा सुपूत्रका रुपमा २०२५ साल बैशाख २२ गते ते¥हथुम ह्वाकु आठराईमा जन्मेका डाँगीले मोरङको तत्कालीन सुनवर्सी निमावि गोविन्दपुर र सरस्वती मावि इटहराबाट कक्षा ८ सम्मको अध्ययन पुरा गरी २०४२ सालमा कनकाई माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी गरेका थिए ।

आई.एस्सी. पुरा गरेपछि २०४५ देखि २०४८ सम्म कनकाई माविमा निजी दरबन्दीमा रही कार्य गरेका डाँगीले त्रिभुवन विश्वविद्यालयबाट बी.एस्सी. र शैक्षिक योजना तथा व्यवस्थापन (इपीएम्) मा प्रथम श्रेणीमा एम.एड. उत्तीर्ण गरेका छन् । २०५२ सालदेखि जनता मावि शरणामतीमा सरकारी दरबन्दीमा अस्थायी शिक्षक बनेका डाँगी कनकाई माविमा २०५८ सालमा सरुवा भएका थिए ।

२०६१ सालमा शिक्षक सेवा आयोगबाट स्थायी भएका डाँगी २०७१ सालमा मावि द्वितीय श्रेणीमा बढुवा भएका थिए । उनी २०७३ सालबाट सहायक प्रअ भई आर्थिक समिति संयोजक तथा शिक्षा विभाग प्रमुखको रुपमा कार्यरत थिए । उनी २०७५ देखि उच्च मावि तह बिहानी सत्रको संयोजकको भूमिका पनि पुरा गर्दै आएका थिए । हाल उनी ५ वर्षे कार्यकालका लागि करार प्रअको रुपमा नियुक्त भएका हुन् ।

पदभार ग्रहणपछि प्रअ डाँगीले अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी, शिक्षासेवी एवम् सबै सरोकारवालासँगको समन्वय र सहकार्यमा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न समर्पणभावका साथ पूर्ण समय दिने प्रतिबद्धता जनाएका थिए ।

पीटीए सदस्य एवम् शिक्षक शारदा पाठकले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here