मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु

0
559

बझाङ,

बझाङको जयपृथ्वी नगरपालिका-७ न. वडाका एक वडासदस्यको बिहीबार मोटरसाइकल दुर्घटनामा परी  मृत्यु भएको छ।

से.१ब.११७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ७ न. वडा सदस्य नरबहादुर महर (नरेश) को मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान घरनजिकैको सुवेडा छयाला शाखा सडक खण्डमा मोटरसाइकल चलाउँदा मोटरसाइकल अनियन्त्रित भई ५० मिटर तल खस्दा वडा सदस्य महरको टाउकोमा गम्भीर चोट लागेको थियो।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका वडा सदस्य महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको मृतकका आफन्तहरूले जनाएका छन्।

मृत्तक महरको शव उनको जन्मघर छयालामा लगिएको छ भोलि बिहान मात्र उनको दाहसंस्कार गरिने आफन्तजनले जानकारी दिएका छन्। मृत्तक वडा सदस्य महर एक कुशल जनप्रतिनिधको रूपमा परिचित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here