सार्वजानिक जग्गा व्यक्तिको बनाउनेमाथि मुद्दा

३१ जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी मोठ श्रेष्ता फेरबदल र किर्ते गरी करोडौं रुपियाँको सार्वजनिक जग्गा व्यतिmको नाममा दत्र्ता गराउने २३ जना कर्मचारीसहित २८ जनामाथि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ ।

आयोगले आरोप पत्र दायर गरेकाहरूमा सार्वजनिक जग्गा व्यतिmको नाममा दत्र्ता गर्ने बाँके र बर्दियाका मालपोत प्रमुखदेखि कार्यालय सहयोगी तहका २३ जना कर्मचारी छन् । आयोगका सहायक प्रवक्ता मदन कोइरालाले कौशल भन्ने खैरुल हसन अन्सारीले बाँकेका तत्कालीन मालपोत प्रमुख दीर्घराज पोखरेललाई अनुचित प्रभावमा पारेर मोठ श्रेष्ता फेरबदल र किर्ते गरेर करोडौंको सार्वजनिक जग्गा आफ्नो नाममा गराएको खुलेपछि आरोप पत्र दायर गरिएको बताउनुभएको छ । पोखरेलसहित अधिकृतहरू पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराईमाथि सजायको माग गरी आयोगले आरोप पत्र दायर गरेको हो ।

आयोगले मालपोत बाँकेकै चारजना नायब सुब्बाहरू रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द, खरिदारहरु सुशील रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीमाथि आरोप पत्र दायर गरेको छ । मालपोत बाँकका प्रमुख पोखरेलसहित १४ जना कर्मचारीको छुट्टाछुट्टै दुई करोड १७ लाख ७३ हजार ५० रुपियाँ विगो कायम गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार मालपोत बर्दियाका प्रमुख कृष्णप्रसाद ज्ञवाली, अधिकृत रामकुमार रोका र नासु कृष्णलाल शर्मा, रविन्द्रबहादुर थापा, खरिदारहरु भूमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्यायमाथि सजायको माग गरी आरोप पत्र दायर गरिएको छ । मालपोत बर्दियाका नौ जनाको छुट्टाछुट्टै दुई करोड ३० लाख ७२ हजार पाँच रुपियाँ विगो कायम गरिएको छ ।

सरकारी अधिकारीहरुलाई अनुचित लाभ र प्रलोभन दिएर जग्गा नामसारी गराएका खैरुल हसन अन्सारीको चार करोड ४७ लाख ४५ हजार ५५० रुपियाँ विगो कायम गरी सजायको माग गरिएको छ । सहायक प्रवक्ता कोइरालाले हसरतुन निसा अन्सारी, लाली मल्ल, वृहस्पति खड्का र पप्पु धोवीमाथि समेत सजायको माग गरिएको जनाउनुभएको छ ।

त्यसै गरी आयोगले सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत एकजना इन्जिनियरले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । इन्जिनियर विकासकुमार श्रेष्ठले झोलुङ्गेपुल निर्माण सम्बन्धी बिल फरफारक गर्ने प्रयोजनका लागि एक लाख घुस लिँदा नियन्त्रणमा लिएको अख्तियारले दाबी गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here