रामकृष्ण ढकालको आयो अर्को मर्मस्पर्शी गीत ”तिम्रो महल”


३१ जेष्ठ २०७६, शुक्रबार ०५:३२ मा प्रकासित
  • 46
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

Advertisement

नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा माधव ढकालको शब्द तथा गैरे सुरेशको संगीत रहेको छ ।

‘तिम्रो महल हिरै हिराको’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । युवराव वाइवाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा दिपेन गौतम र जुना सुन्दासले अभिनय गरेका छन् ।

गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्