विपन्न कृषकलाई घाँस काट्ने मेसीन


३१ जेष्ठ २०७६, शुक्रबार ०५:३७ मा प्रकासित
  • 32
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

अर्जुनधारा।

Advertisement

झापाको अर्जुनधारा नगरपालिकाभित्रका आठ जना विपन्न कृषकलाई विहीबार एक कार्यक्रमका बीच घाँस काट्ने (च्यापकटर) मेसीन वितरण गरिएको छ ।

नगर पशुपंक्षी विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उनीहरुलाई उक्त मेसीन वितरण गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

मेसीन पाउने कृषकहरुमा कुमारी तामाङ, टंकमाया दाहाल, धनपति सुवेदी, नैनन्द पौड्याल, मानबहादुर सार्की, रेखारश्मि मिश्र, सीता कँडेल दर्जी र सोमप्रसाद एक्तेन रहेका छन् ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–९का वडाध्यक्ष पुष्पकुमार प्रसाईं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटीका अध्यक्ष प्रेमसागर सापकोटा, कृषकहरु नैनन्द पौड्याल, रेखारश्मि मिश्र र सीता कँडेल दर्जी लगायतले बोलेका थिए ।

सावित्राकुमारी दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्