बिर्तामोडमा १८९ जनालाई रोजगारी


३१ जेष्ठ २०७६, शुक्रबार ०५:४१ मा प्रकासित
  • 65
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

बिर्तामोड।

Advertisement

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरमा १८९ जनाले रोजगारी पाउने भएका छन् ।

सो कार्यक्रम संयोजक होमनाथ भट्टराईका अनुसार बिर्तामोड नगरपालिकामा विहीवार आयोजित एक कार्यक्रमकाबीच बेरोजगारहरुलाई रोजगारीका लागि अभिमुखीकरण गरियो ।

सो क्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिबाकोटीले सरकारले ल्याएको नयाँ कार्यक्रमले बेरोजगारलाई रोजगार मात्र बनाउने नभई आफ्नो नगर सुन्दर बनाउन उत्प्रेरणा पनि जगाउने दावी गरे

कार्यक्रम अनुसार उनीहरुले असार १ गतेदेखि १ महिनासम्म नगरका १० वटै वडामा आबश्यकता अनुसारका काम गर्नेछन् । त्यसका लागि वडाहरुले आ–आफ्ना कामका क्षेत्र निर्धारण गरिसकेका छन् । यस अन्तरगत प्रत्येकले दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउने छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्