विद्यार्थीको भोजनका लागि अक्षयकोष

0
913

बिर्तामोड।

सांगवेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रमलाई कनकाई नगरपालिका – ९ घैलाडुब्बा निवासी एक व्यक्तिले अक्षयकोष स्थापना गर्दै आर्थिक सहयोग गरेका छन् ।

दिदी चेलीमाया वाराकोटीको स्मृतिमा विद्यालयमा एक लाख १ हजार एक सय ११ रुपैयाँको विद्यार्थी भोजन अक्षयकोष स्थापना गरेका छन् । ‘सात वर्षको उमेरमा विवाह भएर ११ वर्षको उमेरमा श्रीमान गुमाएकी दिदी चेलीमायाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको हुँ’ अक्षयकोष दाता समाजसेवी देवीप्रसाद वाराकोटीले भने – दिदीको सम्झनामा श्रीमती गंगादेवी वाराकोटीसंगको सल्लाहमा कोष स्थापना गरेका हौं । ’

त्यस्तै सोही विद्यालयमा विद्यार्थी भोजन अक्षयकोष अन्तरगत नै गौरादह ७ ग्वालडुब्बा निवासी लक्ष्मीमादेवि प्रसाईको स्मृतिमा समेत अक्षयकोष स्थापना गरिएको छ । ५० हजार एक सय ११ रुपैयाँ वरावरको अक्षयकोष राजकुमार प्रसाई, तारादेवी वराकोटी प्रसाई र छोरा साहिल प्रसाईको तर्फबाट लोकनाथ र कमलादेवी वाराकोटीले अक्षयकोष स्थापना गरिदिएको विद्यालय श्रोतले जनाएको छ ।

इता समाजसेवी देवीप्रसादले विद्यालर्थीलाई तत्कालको भोजनालयका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयका प्राचार्य दामोदर न्यौपानेले बताए । उनले भने – दाताका सहयोगी हातहरुले यो पून्य भूमिमा सहयोग गरिरहनु भएको छ म आज अक्षयकोष स्थापना गर्ने समाजसेवी वाराकोटी परिवारलाई समेत धन्यवाद दिन चाहान्छु ।

विद्यालयमा भोजनालयका लागि ४० लाख रुपैयाँ वरावरको अक्षयकोष रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here